शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

मङ्गलबार, ०८ असार २०७८, २३ : ०९
मङ्गलबार, ०८ असार २०७८

अफगान वायुसेनाको कारबाहीमा चौध जना तालिबानी लडाकुको मृत्यु भएको छ । रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको पुष्टि गरेको छ । तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले आक्रामक कारबाही गरेको बताएको छ ।

मन्त्रालयले तालिबान समूहको आश्रय स्थल, पाँच वटा क्षेप्यास्त्र, दुई वटा भारी बन्दुक तथा सात वटा राइफल पनि ध्वस्त बनाइएको जनाएको छ ।  तालिबान समूहले पछिल्ला केही समयदेखि सरकारी सुरक्षा फौजलाई लक्षित गरी देशैभर हिंसात्मक घटनाहरु बढाएका छन् । खासगरी अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिकहरु आगामी सेप्टेम्बर ११ अगावै स्वदेश फर्कन लागेसँगै तालिबानले देशव्यापी हिंसा मच्चाएको मानव अधिकारवादी समूहहरूले बताएका छन् ।

गत महिना मात्र तालिबानले देशका ४० भन्दा बढी जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन् । पछिल्लो घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप