मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामले भने : अब त चेतौं

बुधबार, ०९ असार २०७८, ०७ : ४२
बुधबार, ०९ असार २०७८

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।

उनले अब कसैलेपनि गल्ती दोहोर्याउन नहुने भन्दै सबैले बेलैमा चेत्नुपर्नेमा जोड दिएका छन् । 

अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेको भन्दै उनले अब चाहिँ बेलैमा चेत्नुपर्ने उनले ट्वीटरमा उल्लेख गरेका छन् । 

‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड९१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौं’, उनले भनेका छन्, ‘अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊ! अदालत–दलनागरिकले आआफ्नो धर्म निभाऊॅ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप