शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिला लोकचित्रकलाकार सम्मानित

बुधबार, ०९ असार २०७८, ०८ : ०६
बुधबार, ०९ असार २०७८

जनकपुर । मिथिला लोकचित्रकलालाई अनवरत संघर्ष गर्दै अभियान स्वरुप विश्व सामु स्थापित गराउन अहम् भुमिका खेलेकी करिब आधा दर्जन महिलालाई एक समारोह वीच सम्मान गरिएको छ । 

मंगलबार जनकपुरधाममा मिथिला लोकचित्रकलाको पहिचान स्वरुप विश्व सामु स्थापित गराउनका लागि गरेको संघर्षसँगै उनीहरुको लामो संघर्ष र लोकचित्रकलाका लागि जिवन अर्पण गरेकी वृद्ध लोकचित्रकारलाई प्रदेश प्रमुख राजेश झा अहिराजले सम्मान गरेको हो ।

महिला सशक्तीकरणको नमुना सहित महिलाहरु आफैले स्थापना गरिएको नारी विकास केन्द्रको संरक्षण संवद्र्धन र प्रवद्र्धनका लागि प्रदेश प्रमुख समक्ष माग राखेकी थिइन् ।

प्रदेश प्रमुख झाले मिथिला लोक चित्रकलाकारहरु मिथिलेश्वरी देवी कर्ण, मञ्जुला ठाकुर, चुनचुन देवी झा, अनुरागी झा र गालोदेवी मण्डल खत्वेलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

मिथिलाका ऐतिहासिक धार्मिक सांस्कृतिक र भौगोलिक परिवेश रीतिरिवाजलाई मिथिला लोकचित्रकारका माध्यमले विश्व सामु नेपाललाई चिनाइराख्ने उनीहरुको कला र संघर्ष प्रति भावुक हुँदै प्रदेश प्रमुख झाले यसको संरक्षण संवर्द्धन र विस्तारका लागि आफु प्रतिवद्ध रहेको जनाए ।

नारी विकास केन्द्रको स्थापनामा सहयोग पुर्याएका सुदर्शन लाल कर्ण सहित सम्मानित कलाकारहरुसंग मिथिला कला साहित्य सम्बन्धमा भलाकुसारी समेत गरेका थिए । 

१९८९ देखि मिथिला लोकचित्रकलालाई संसारकै क्यानभाससम्म पुर्याउनका लागि निकै लोकचित्रकारहरुले स्थापनाकाल देखि नै निकै मिहिनेत गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप