बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अरुण भ्यालीको सेयर लिलामीमा बिक्री खुल्यो

बुधबार, ०९ असार २०७८, १० : ३४
बुधबार, ०९ असार २०७८

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट  सेयर लिलामीमा बिक्री खुला गरेको छ । ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।

यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र असार १६ गतेसम्म पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरीबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ  ।

पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथलीबाट पनि बोलपत्र आवेदन दिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप