शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली कदमविरुद्ध संयुक्त संघर्ष आवश्यक : राष्ट्रिय जनमोर्चा

बुधबार, ०९ असार २०७८, १३ : ०१
बुधबार, ०९ असार २०७८

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध संयुक्त संघर्ष आवश्यक भएको बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै ओलीको कार्यले देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षतामाथि खतरा हुनुका साथै नेपालको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षताका विरुद्ध रहेका विदेशी शक्तिहरूसँग आफ्नो सत्ता संरक्षणका लागि उनीहरुको रणनीतिका समेत हिस्सेदार बनेकाले स्थिति झन् गम्भीर बनेको जनाएको छ ।

‘यदि ओलीका विरुद्ध संघर्ष गरिएन भने देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षता खतम हुने स्थिति पैदा भएको छ । त्यसैले ओलीले लादेको प्रतिगमनका विरुद्ध संघर्ष गर्नका लागि सम्पूर्ण प्रतिगमन विरोधी शक्तिहरूका बीच सहकार्यको आवश्यकता छ’, राष्ट्रिय जनमोर्चाले ओलीको बहिर्गमन नै अहिलेको राजनीतिको मुख्य कार्य भएको दावी गरेको छ । ‘त्यसका लागि संयुक्त संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ’, सो पार्टीको भनाइ छ ।

त्यस्तै प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले नियुक्त गरेका २० जना मन्त्रीहरुलाई पदमुक्त गर्न दिएको आदेश संविधान संविधान रक्षाका निम्ति महत्वपूर्ण भएको पनि सो पार्टीले जनाएको छ । ‘सरकारको स्वेच्छाचारी तथा निरंकुश कार्यलाई नियन्त्रण र सन्तुलनमा राख्नका लागि संविधानले संसद तथा सर्वोच्च अदालतको संवैधानिक व्यवस्था गरेको छ ।

उक्त संवैधानिक व्यवस्थालाई खतम गर्नका लागि संसदलाई विघटन गर्ने तथा सर्वोच्च अदालतलाई समेत धम्काउने वा आफ्नो अनुकूल निर्णय गराउन न्यायाधीशहरूलाई प्रभावित पार्ने कार्य गर्दै आएका छन् । त्यस्तो अवस्थामा मन्त्रिपरिषद्का २० जना सदस्यलाई अवैध घोषणा गर्ने सर्वोच्चको यो आदेशले संविधानको रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको छ’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप