किशोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ । आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी जबर्जस्ती बलात्कार गरेका भन्ने पीडितको निवेदनका आधारमा अनुसन्धानका लागि अभियोग लागेका बुढालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको उनले बताए । थप अनुसन्धानका लागि जिल्ला दैलेखबाट १० दिनको म्यादसमेत गरिएको श्रेष्ठले बताए । पीडित किशोरीलाई न्याय दिलाउन अनुसन्धान कार्य शुरु गरिएको पनि उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने