शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरो खेल्न नपाएपछि प्रेमिकासँग छुट्टी मनाउँदै

बुधबार, ०९ असार २०७८, १५ : ३२
बुधबार, ०९ असार २०७८

युरोकप खेल्ने जुलियन ड्राक्स्लरको  सपना पूरा हुन पाएन । पेरिस सेन्ट जर्माइनबाट व्यवसायिक फुटबल खेल्ने यी स्टार खेलाडी राम्रो लयमा थिएनन् । आफ्नो फिटनेस मेन्टेन गर्न पनि उनी संघर्षरत थिए । त्यसैले टोलीमा परेनन् । यो उनका लागि निकै ठूलो निराशा थियो । तर, अहिले उनी प्रेमिकासँग समूद्री किनारमा छुट्टी मनाउँदैछन् ।

यी तस्विरहरु देख्दा ड्राक्स्लर खुसी नै छन् भन्ने लाग्छ ।  प्रेमिका सेट्हानी ताइंगसँगका तस्विरहरु उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । र, यी तस्विर चाडैं भाइरल बने । डान्सर तथा कोरियोग्राफर ताइंग २०१९ देखि ड्राक्स्लरसँग डेट गरिरहेकी छिन् ।

गत महिना ड्राक्स्लरले पेरिस सेन्ट जर्माइनसँग तीन वर्षे नयाँ सम्झौता गरेका थिए । त्यसअघि यी २७ वर्षीय मिडफिल्डर आर्सनल वा लिड्न युनाइटेड जाने चर्चा पनि थियो । उनले २०१७ यता पिएसजीबाट १ सय १३ खेल खेल्दै १५ गोल गरेका छन् । उनले २०१२ यता जर्मनीबाट ५२ खेल खेल्दै ७ गोल गरेका छन् । यसपटक टोलीबाहिरै रहेपनि विगतमा उनले विश्वकप २०१४, युरो २०१६ र विश्वकप २०१८ जस्ता महत्वपूर्ण प्रतियोगितामा टोलीमा स्थान बनाएका थिए ।
२०१७ मा उनकै कप्तानीमा जर्मनीले फिफा कन्फेडेरेशन कप जितेका थियो । यसपटक प्रतियोगितामा जर्मनीले अधिकांश युवा खेलाडीलाई अवसर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप