बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयरल्याण्ड र अफगानिस्तानलाई टेस्ट खेल्ने राष्ट्रको मान्यता

शुक्रबार, ०९ असार २०७४, १६ : ०२
शुक्रबार, ०९ असार २०७४

काठमाडौँ – आयरल्याण्ड र अफगानिस्तान टेस्ट खेल्ने राष्ट्र बनेका छन् । 


बिहीबार बसेको अन्तराष्ट्रिय क्रिकेट सघंको बैठकले यी दुई राष्ट्रहरुलाई पुर्ण सदस्य राष्ट्र बनाउने निर्णय गरेको हो । 


यो सहित टेस्ट खेल्ने राष्ट्रको संख्या १२ पुगेको छ । 


सन् १९८२ का बेला सम्म टेस्ट खेल्ने राष्ट्रको संख्या ७ मात्र थियो । 


जिम्बावेले सन् १९९२ मा  र बगंलादेशले सन् २००० मा टेस्ट खेल्ने राष्ट्रको मान्यता पाएका थिए ।  


सन् २०१० यता अफगानिस्तानले वान डे म्याचको अन्तराष्ट्रिय मान्यता लिएर खेलिरहेको छ । विश्व ट्वान्टी–ट्वान्टीमा नियमित सहभागीता जनाउँदै आएको अफगानिस्तानले २०१५ मा पहिलोपल्ट वान डे विश्वकप खेलेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप