शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसको किल्ला ढाल्ने दाउमा वामगठबन्धन: कांग्रेसको यस्तो छ प्रतिक्रिया

मङ्गलबार, ०७ कात्तिक २०७४, ०९ : २२
मङ्गलबार, ०७ कात्तिक २०७४

तनहुँ - आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको किल्ला मानिएको तनहुँ जिल्लालाई बामगठबन्धनले पत्तासाफ बनाउन सक्ने खतरा देखिएको छ । 

स्थानीय निर्वाचनलाई आधार मान्दा 
स्थानीय तहको निर्वाचनलाई नियालेर हेर्ने हो भने तनहुँमा रहेका चार नगरपालिका र ६ गाउँपालिकामा नेकाँले ७ स्थानमा जित हात पारेको देखिए पनि एमाले र माओबादी केन्द्र ल्याएको मतको आधारमा केहि मात्रामा कसरत गर्ने हो भने जित हात पार्न सक्ने देखिएको छ ।

नेतामा डर र दृढता
-काँग्रेसको किल्ला मानिएको तनहुँलाई निर्वाचनले कतै बामगठवन्धन किल्लामा परिणत गर्न सक्छ कि भन्ने स्वयम काँग्रेसी नेताहरुमा डर देखिएको छ । 

-काँग्रेसका केहि नेताहरु भने हिङ नभएपनि हिङ बाँधेको टालो भएकोले बामगठबन्धन भएपनि केहि असर नपर्ने बताउँछन् ।

-मिति नजिकिदै गर्दा बामगठबन्धनका भातृ जनवर्गीय संघ संगठनहरु समेत सक्रिय भएर लाग्न थालेका छन् । 

वाममय माहोल
जसले गर्दा अहिलेको तनहुँको माहोल वममय बन्दै गएको बामपन्थी नेताहरु बताउँछन् । बामगठबन्धनले हामी बामपन्थीहरुलाई उत्साह मिलेको छ एक नेताले भने यस पटकको निर्वाचनको परिणाम सोचे भन्दा पृथक हुन सक्छ । 

को को उम्मेदवार ?
प्रदेश १ को क बाट एमालेका विद्या ढकाल, राम बहादुर गुरुङ, माओवादी केन्द्रबाट ओमकुमारी पौडेल, सिताराम अधिकारी, बलराम ढकाल, क्षेत्र नं १ को संङ्घमा एमालेका कृष्ण कुमार श्रेष्ठ किसान, माओवादी केन्द्रका श्रीराम ढकाल, प्रदेश २ को क बाट माओवादी केन्द्र राजेन्द्र केशरी न्यौपाने, आशा कोइराला, एमाले चित्र थापा, मुक्ति तिम्लिसेना, प्रदेश ख बाट एमालेका किरण गुरुङ र माओवादी केन्द्रका मदन आले र प्रदेश १ को ख बाट माओवादी केन्द्रका हरिबहादुर चुमान र एमालेका पिएल श्रेष्ठ नाम संम्भवत टुंगो लाग्ने तयारीमा रहेको एक स्रोतबाट खुल्न आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप