बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्सवको बचत झण्डै एक करोड

शुक्रबार, ०९ असार २०७४, १८ : १२
शुक्रबार, ०९ असार २०७४

तुलसीपुर–तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न मध्यपश्चिम स्तरीय व्यापारिक महोत्सवमा करिव एक करोड बचत भएको छ । तुलसीपुरमा वहुआयामिक सुविधासम्पन्न सभाहल निर्माणको उदेश्य लिएर गएको माघ १३ गतेदेखि माघ २४ गते सम्म महोत्सव भएको थियो ।

आयोजकले विविध प्राविधिक समस्या देखाएर ढिलोगरी विवरण सार्वजनिक गरेको हो । आयव्यय विवरणमा ७९ लाख ८४ हजार ३ सय १२ रुपैया बचत भएको तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा विभिन्न शीर्षकमा आम्दानी १ करोड ७० लाख २४ हजार ७९ भएको सम्पुर्ण व्यवस्थापकीय खर्च कटाएर सो रकम बचत भएको तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष ललितजंघ शाहले बताए ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा ७ शिर्षकमा आम्दानी जनाइएको छ भने विभिन्न ३१ शिर्षकमा खर्च देखाइएको छ । आयोजकका अनुसार यसपटकको महोत्सवमा खर्च कटौतिलाइ प्रार्थमिकता दिंदै महोत्सवलाइ टेक्सेवल बनाइएको थियो । पारदर्शिताकालागी महोत्सवलाइ पछिल्लो समयदेखि ट्यक्शेवल बनाइएको अध्यक्ष विमल रिजालले बताए ।

‘राज्यलाइ कर तिर्नु आम नागरीकहरुको दायित्व हो, त्यसैले हामीले मेला महोत्सवलाइ पनि अहिले करको दायरामा ल्याएका छौं, महोत्सवको आम्दानीको तोकिएको कर समेत हामीले राज्यलाइ भुक्तानी गरेका छौं’—अध्यक्ष रिजालले भने ।

त्यसैगरी जुन उदेश्य लिएर महोत्सव आयोजना गरेका थियौं, त्यसको कार्यान्वयनकालागी तत्कालै पहल गर्ने छौं’—रिजालले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप