बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सानीको सम्झनाले बिनोदलाई लाग्यो बाडुल्की

शुक्रबार, ०९ असार २०७४, १८ : ४६
शुक्रबार, ०९ असार २०७४

काठमाडौं – प्रेम र बिछोडलाई प्रस्तुत गरेको गीत छिट्टै हिट भएका उदाहरण धेरै छन् संगीतिक क्षेत्रमा । त्यसैले पनि यस्ता गीत धेरै ल्याइने गरिएको छ । 

यस्तैमा गायक हिमाल श्रेष्ठले ‘सानी..’ बोलको गीत पनि यस्तै कथामा ल्याएका छन् । गीत सार्वजनिक भए लगत्तै सांगीतिक बजारमा चर्चा बटुलिरहेको छ । गायक श्रेष्ठले एल्बम ‘समर्पित’ भित्र समेटेको यो गीतको भिडियो पनि बनेको छ । 

भिडियोमा अभिनेता समेत रहेका मोडल बिनोद श्रेष्ठ र ऋचाले अभिनय गरेका छन् । मायालुबाट टाढिनु पर्दाका क्षणहरु भिडियोमा देखाउने कोसिस गरिएको छ । 

भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गीतमा स्वर तथा शब्द गायक श्रेष्ठकै रहेको छ भने बुद्ध स्यांबाले संगीत भरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियो अनुप शिवाकोटीको सम्पादन गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप