शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो निखिल र सौगातको ‘संरक्षण’

शुक्रबार, ०९ असार २०७४, १९ : ०५
शुक्रबार, ०९ असार २०७४

काठमाडौं – अभिनेता निखिल उप्रेती र सौगात मल्लले पहिलो पटक एक साथ अभिनय गरेको चलचित्र ‘संरक्षण’को ट्रेलर सार्वजनिक भएको छ । 

करिब तीन मिनेटको ट्रेलरमा चलचित्रका कलाकार निखिल र सौगातका एक्सन पाटोहरु समेटिएका छन् । ट्रेलर हेर्दा चलचित्र उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ । 
चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरासिया, प्रमोद अग्रहरी, नीर शाह, रमेश रञ्जन झा लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 

राजनीति, क्राइम, पत्रकारिता, लगायतको बिषय एकसाथ कथामा समेटिएको बताइएको चलचित्र पुणेन्द्रु झाले निर्देेशन गरेका हुन् ।

प्रदीप कुमार उदय र नरेन्द्र महर्जनले मिलेर बनाएको चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप