शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

शुक्रबार, ०९ असार २०७४, १९ : १२
शुक्रबार, ०९ असार २०७४

काठमाडौं–एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।  

विश्वप्रसिद्घ क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो । जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै फोटोलाई अझै राम्रो बनाउने कम्पनीले जनाएको छ । नविन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज जस्ता विषेशता रहेका छन् । यसले पि टेन प्लसलाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको छ ।  

एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क पाउँने जनाइएको छ । यो सहकार्यले ग्राहकलाई विषेश लाभ सुनिश्चित गर्दै उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिइएको छ । 

नेपालको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग सहकार्य गरी आफ्नो अत्याधुनिक स्मार्टफोन किन्ने ग्राहकलाई निःशुल्क एनसेलको डेटाका प्रदान गर्न पाएकोमा आफु खुसि रहेको हुवावे टेक्नोलोजिज्ले बताएको छ । हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बिमा, काठमाडौंमा डोर टु डोर र भिआइपी टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ । 

बण्डलिङ्ग अन्तर्गतको डेटाकोसेवाको मजा लिन हुवावे पि टेन प्लस ग्राहकले उतm मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ । त्यस पश्चात ग्राहकले अफर अन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिदै आफ्ना कार्यहरु उच्च गतिमा गर्न सक्नेछन् । 

एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरिसकेको छ । साथै, कम्पनीले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य लिई कार्य गरिरहेको । कम्पनीले आफ्नो ‘इन्टरनेट सबैका लागि’ थिम अन्र्तगत ग्रामिण र दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्नका लागि  थ्रिजी नेटवर्कको विस्तार पनि गर्दैछ । 

‘हामीले मोबाइल ब्रोडब्याण्डमा ग्राहकको पहुँच बढाउदै डिजिटल नेपाल निर्माणको परिकल्पनालाई साकार बनाउन योगदान पुर्याउने प्रतिबद्घता बमोजिम अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध हुने गरी फोरजी नेटवर्कको विस्तार गर्दैछौ’, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने, ‘थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँदै छौं, मोबाइल ब्रोडव्याण्ड र ग्राहक अनुभवमा मोबाइल डिभाइसले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ किनकी डिभाइसको माध्यमबाट ग्राहकले विविध सेवा तथा अवसरहरु उपयोग गरी लाभ लिने हो ।’ 

उनले नविन विषेशता र क्षमता भएका स्मार्टफोनहरुमा पहुँच हुनु महत्वपुर्ण हने भएकाले हुवावेसँग सहकार्य गर्दै ग्राहकका लागि आफ्नो डेटा सेवा उपलब्ध गराएको वताए । यसले ग्राहकलाई थप मूल्य तथा विभिन्न अवसरहरुको लाभ प्रदान गर्ने विश्वास गरेको उनले वताए । 

पि टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबि आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध छन् । एनसेलको १० जिबि डेटा, विषेश डिजाइन रहेको पि टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा, सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र प्रदान गरिने बिक्रि पछिको भिआईपि सेवा र घर(घर गई हुवावेका प्रतिनिधीहरुले प्रदान गर्ने विक्री पछिको सेवा सुविधाले पि टेनलाई अझ विशेष बनाएको छ । 
पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि(लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स(साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, दु्रतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् ।

हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहक देखि  युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ । हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम  ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र एकदमै रुचाइएको वाई सिक्स मोडलको  नयाँ संस्करण हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप