शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन सामुदायिक विद्यालयमा भर्चुअल क्लास

बुधबार, ०८ कात्तिक २०७४, १२ : ४७
बुधबार, ०८ कात्तिक २०७४

फलेवास- एक दशक अघिसम्म शिक्षकले कक्षा कोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । 
गाउँ–गाउँमा इन्टरनेटको विस्तारसंगै भर्चुअल क्लासबाट अब भने अध्ययन अध्यापनमा परिवर्तन आएको छ ।शिक्षकले पढाएको विषय सही वा गलत के हो रु ग्रामीण भेगका विद्यार्थीले पनि थाहा पाउन र थप ज्ञान आर्जन गर्न सक्ने भएका छन् । विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले प्रविधिमैत्री कक्षा शुरु गरेसँगै पर्वतमा पनि यस्तो सुविधा भएको हो । 

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् । मन्त्रालयले गत शैक्षिक सत्रदेखि पर्वतका तीन विद्यालयमा ‘भर्चुअल’ कक्षा सञ्चालन गरेको हो । 

जिल्लाको मोदी गाउँपालिका–५स्थित सरस्वती मावि, भुकताङलेस्थित नवज्योति मावि र फलेवास नगरपालिकाको शंकरपोखरीस्थित जनसहयोगी माविमा भर्चुअल क्लास सञ्चालन भइरहेको छ । 

यी विद्यालयमा अहिले केन्द्रका शिक्षकले पढाएको प्रत्यक्ष विद्यार्थीले हेर्न र सुन्न मिल्ने गरी कक्षाको व्यवस्थापन गरेर कक्षा सञ्चालन गरिएको हो । 

सानो ठिमीस्थित केन्द्रीय कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाइएको हो । ती विद्यालयमा टेलिभिजन सेट र आवश्यक उपकरण जडान गरिएको छ । प्रत्यक्षरूपमा टेलिभिजन सेटबाट कक्षा शुरु भएपछि विद्यार्थी समेत उत्साहित भएका छन् । 

गत शैक्षिक सत्रदेखि सञ्चालनमा आएको भर्चुअल क्लासमा टेलिभिजन सेटसहितका उपकरण जडान गरेर अध्यापन गराइँदै आएको र यस माध्यमबाट अध्यापन गराउँदा विद्यार्थीले धेरै ज्ञान हासिल गर्न सफल भएको विद्यालयका सम्बद्ध प्रधानाध्यापकले जनाएका छन् । 

जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापाले माविस्तरका शिक्षकको व्यवस्था हुननसकेका विद्यालयमा भर्चुअल क्लास उपयोगी बनेको बताउनुभयो । उहाँले शिक्षक बिदामा बसेका बेला पनि विद्यार्थी त्यत्तिकै बस्न नपर्ने भन्दै यस्तो सिकाइ उपयोगी हुनेमा जोड दिनुभयोे । 

प्रधानाध्यापक थापाले यसलाई थप प्रभावकारी बनाउन प्रविधिक ज्ञानको लागि स्रोत केन्द्रमार्फत शिक्षकलाई तालीम दिन लागिएको जानकारी दिनुभयो । 

सानो ठिमीको स्टुडियोबाट ११ बजे विषय शिक्षकले पढाउन शुरु गर्छन् । कक्षा शुरु हुनुअघि नै विद्यार्थी भर्चुअल क्लासमा बस्छन् । जुन विषय हो, त्यो विषय शिक्षक पनि सँगै बस्छन् । काठमाडौँंमा बसेर पढाउने शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि विद्यार्थीले आफूले नबुझेको कुरा आफ्नै विद्यालयका विषय शिक्षकलाई सोध्न सक्छन् । 

यसरी पुरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने प्रयास गरिएको छ । काठमाडौँमा शिक्षकले पढाएको पाठ, विद्यालयको टेलिभिजनमा हेर्न पाउने भएपछि विद्यार्थीसमेत उत्साहित भई कक्षामा सहभागी हुने गरेको सरस्वती माविका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेलले बताउनुभयो । 

विद्यालयका अनुसार अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयका कक्षा इन्टरनेटमार्फत सञ्चालन हुन लागेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप