शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनिल ग्रोवरसँग भएको झगडाबारे कपिल शर्माको यस्तो खुलासा, खोले राज

बुधबार, ०८ कात्तिक २०७४, १३ : ०४
बुधबार, ०८ कात्तिक २०७४

भारतीय हाँस्यकलाकार एवं नायक कपिल शर्मा आफ्नो बहुप्रतिक्षित फिल्म ‘फिरंगी’ को ट्रेलर लञ्चको मौकामा पहिलो पटक आफ्ना साथी र सहकर्मी सुनिल ग्रोवरबारे खुलेर कुराकानी गरेका छन् । उनले मिडियासामू अष्ट्रेलिया भ्रमणका बेला सुनिल ग्रोवर, चन्दन र अन्य साथीसँग भएको आफ्नो झगडाबारे खुलेर कुरा गरेका छन् । हुन त कपिलको कुरा सुन्दा उनले यसबारे पूरा तयारी गरेको बुझिन्छ । मिडियाद्वारा सोधिएको एक प्रश्नको जवाफमा कपिलले सबै गोप्य कुरा खोलेका छन् ।

यद्यपी, दुबैबिच भएको यो झगडा करिब ८ महिना पुरानो हो तर उनले यसबारे कहिले पनि खुलेर कुराकानी गरेका थिएनन् । मंगलबार जब फिल्म फिरंगीको ट्रेलर लञ्च भयो तब यो मौकामा कपिलले आफ्नो मनको सबै कुरा आधा घण्टासम्म पोखिरहे । कपिलले आफू पनि यसबारे कुरा गर्न चाहेको बताए  । उनले भने, ‘हामीबिच जे भयो त्यो निकै कम थियो तर मिडियाले यसको निकै बढाई चढाई कुरा गर्यो । वास्तवमा जब हामी अष्ट्रेलियामा कार्यक्रम गरेर फर्किरहका थियौं त्यो दिन म निकै तनावमा थिएँ । म भगवान होइन, मबाट पनि गल्ती हुन्छ र मैले गल्ती गरेको पनि छु । हुन त पंजाबीहरु निकै रिसाहा हुन्छन् । त्यस दिन म अलि बढ नै नेगेटिभ भएको थिएँ ।’

सुनिलबारे कुरा गर्दै कपिलले भने, ‘मैले धेरै वर्ष अघिदेखि सुनिलसँग काम गर्दै आएको छु । त्यस दिन मेरो झगडा सुनिलसँग भएकै थिएन । म सुनिललाई निकै माया गर्छु । उनी निकै राम्रा मानिस र कलाकार हुन् । म सुनिलको कामको ठूलो प्रशंसक हुँ । अष्ट्रेलियाबाट फर्कदाँ तनावमा हुनुको कारण फिल्म ‘फिरंगी’ का एक क्रु मेम्बरको मृत्यु भएको थियो ।’

उनी भन्छन्, ‘साथै, फिरंगीको सुटिङ लगातार पंजाबमा भइरहेकाले सुटिङका लागि ढिलो पनि हुने भएको थियो । त्यसैकारण म अष्ट्रेलियाको कार्यक्रम रद्द गर्न चाहन्थें । कार्यक्रमका आयोजकलाई सबै पैसा फिर्ता दिने पनि केही अतिरिक्त रकम पनि दिने बताएपनि उहाँहरुले सबै टिकट अनलाईन बिक्रि भइसकेकाले रद्द गर्न नसकिने बताए । त्यसपछि हामीले मन नभएपनि कार्यक्रम गर्यौं ।’

कपिलका अनुसार अष्ट्रेलियामा जब कार्यक्रम सुरु हुन लागेको थियो तब कार्यक्रमका दुई कलाकार एक आपसमा झगडा गरिरहेका थिए । उक्त झगडामा एक उनका साथी चन्दन थिए र अर्को भने महिला थिइन् । कार्यक्रम सुरु हुन लागेको थियो र पूरा कार्यक्रम उनको नामबाट ‘द कपिल शर्मा शो’ भएकाले उनलाई थप चिन्ता भएको उनले बताए ।

उनी भन्छन्, ‘पूरा जिम्मेवारी ममाथि थपिएको थियो । यस्तोमा उनीहरुको झगडा देखेर मलाई थप तनाव भयो । झगडा गर्ने महिला रुँदै म भएठाउँ आएपछि मेरो रिसको पारो झन् माथि पुग्यो त्यसकारण मैले चन्दनलाई धेरै नै गाली गरें र पिटें पनि । बदलामा चन्दनले पनि मलाई दुई चार थप्पड लगाए ।’

उनले हाँस्दै भने, ‘चन्दन र ती महिलाको झगडा लुक्यो र हामीहरुको झगडा भने संसारले थाहा पायो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप