शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौतर्फी विरोधपछि काठमाडौं महानगरका मेयर शाक्यले निर्णय सच्चाए (विज्ञप्तिसहित)

शुक्रबार, ०९ असार २०७४, २१ : ४६
शुक्रबार, ०९ असार २०७४

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चौतर्फी विरोधपछि निर्णय सच्चाएका छन् ।

कार्यालय प्रयोजनकै लागि नगरपालिकाका सदस्यहरु तथा वडाध्ययक्षहरुलाई मोबाइल फोन खर्च ३० हजार दिने निर्णय गरिएको प्रष्ट्याएका छन् । चौतर्फी विरोधपछि मेयर शाक्यले शुक्रबार विज्ञप्ति जारी गर्दै ३० हजार खर्च दिने निर्णय हालसम्म कार्यान्वयन भइनसकेको अवस्थामा हाललाई उक्त निर्णय कार्यान्वयन नगर्ने जनाएका छन् । 

महानगरका निर्वाचित जनप्रतिनिधिलाई फोन खर्च ३० हजार छुट्याएपछि सामाजिक सञ्जालदेखि सबैतिर मेयर शाक्यको आलोचना भएको थियो । 

साथै ८८ वर्ष उमेर पूरा गरी महानगरभत्ता प्राप्त गरेका बरिष्ठ जेष्ठ नागरिकका लागि दक्ष चिकित्सक सहितको टोली घरघरमा पुर्याई स्वास्थ्य परीक्षण गर्ने कार्य असार १५ गतेबाट शुभारम्भ गर्ने तथा उक्त कार्यको संयोजक वडा अध्यक्षले गर्ने पनि महानगरपालिका, नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले निर्णय गरेको सो विज्ञप्तिमा उल्लेख छ । 
 

हेर्नुहोस्, विज्ञप्ति ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप