शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्यनले तार्न सकेनन् रेखाको डुङ्गा

शुक्रबार, १० कात्तिक २०७४, १७ : ४८
शुक्रबार, १० कात्तिक २०७४

काठमाडौं – चलचित्र क्षेत्रकी बाठी अभिनेत्रीमा पर्दछिन् रेखा थापा । अभिनेत्री हुँदै निर्माता, निर्देशकसम्मको छबि बनाउन सफल रेखाको स्टारडब पछिल्लो समय ओरालो लागेको अनुमान अघिल्लो साता रिलिज चलचित्र ‘रुद्रप्रिया’को ब्यवसायबाट पनि लगाउन सकिन्छ । यो चलचित्रले ब्यवसाहिक सफलता हात पार्ने दाबी गर्दै आएकी रेखा अहिले चुप छिन् ।

त्यसो त यो चलचित्र असफल हुनुको श्रेय रेखाको स्टारडम भागमा मात्र पर्दैन । यसको दोष अभिनेता आर्यन सिग्देललाई पनि उत्तिकै जान्छ । चलचित्रको ब्यवसायले उनको स्टारडमसमेत देखाउन नसकेको यथार्थ सबैका सामु छर्लङ्ग छ ।

हुन त स्टारडम गुम्दै गएको महसुस गरेका यी कलाकार गुमेको शाख बचाउन ८ वर्षपछि एकसाथ चलचित्र ‘रुद्रप्रिया’मा जोडिएका थिए । चलचित्रमा एकसाथ देखिनुमा पनि आर्यनको भन्दा रेखाको हात बढी नै पाउन सकिन्छ । आफ्नै लगानीमा बनेको ‘रुद्रप्रिया’ नामकको डुंगा आर्यन र आफू भए नडुब्ने अनुमान उनको थियो । त्यही अनुसार उनले प्रयास पनि गरिन् । तर उनको सो प्रयास सफल हुन सकेन ।

लक्ष्मीपूजाको अवसर पारेर २ कात्तिकमा रिलिज भएको चलचित्र ‘रुद्रप्रिया’ले पनि दर्शकको माया पाउन सकेन । ८ वर्षअघि चलचित्रमा राम्रो जमेका प्रेमजोडीकै शैलीमा रेखा र आर्यन यो चलचित्रमा प्रस्तुत भएका थिए । उनीहरुलाई जोड्ने काम ‘एसिड आक्रमणपछि एउटा महिलाको जीवनमा आउने उतारचढावको कथा’ले गरेको थियो । तर दर्शकले अपेक्षाअनुसार ‘रुद्रप्रिया’मा उनीहरुको जोडी खरो उत्रन सकेन ।

बिदेशी नगरीबाट कथा चोरेर चलचित्र बनाउने पारिपाटी चलिरहेको बर्तमान सन्दर्भमा ‘रुद्रप्रिया’ले उठाएको कथा त नौलो थियो । तर कथाअनुसार कलाकारको प्रस्तुती नौलो बनाउन निर्देशकले नसक्दा पनि ‘रुद्रप्रिया’ रुपी डुंगा बक्सअफिसमा डुब्न पुग्यो ।

यो चलचित्र सुदिपभूपाल सिंहको निर्देशनमा तयार भएको थियो । रमेश पौडेल र सरस्वती थापा निर्माता रहेको चलचित्रमा रेखा र आर्यनको अलवा टिका पहारी, राजन इशानको समेत मुख्य भूमिका रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप