शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानी सम्राट्समक्ष ओहोदाको प्रमाणपत्र

शनिबार, १० असार २०७४, ०९ : ०१
शनिबार, १० असार २०७४

टोकियो - जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानी सम्राट् अकिहितोसमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।  

सो अवसरमा नेपाल जापानको सम्बन्ध अझ नजिक बनाउन हुन सक्ने थप प्रयासबारे दुवै पक्षबीच छलफल भएको उपनियोग प्रमुख कृणचन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार २०१४ मा नयाँ सम्राट् भएदेखि निरन्तर उपचाररत ८४ वर्षीय अकिहितालाई राजदूत राणाले सुस्वास्थ्य र समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएका थिए । 
सन्देश पढेर सुनाएका थिए । 
जापानी सम्राट् अकिहितोले नेपालको बदलिँदो राजनीतिका कारण भइरहने फेरबदललाई विशेष चासोका रुपमा लिँदै राजदूत राणाको कार्यकाल सफलताको शुभकामना दिए । 
जापानी सम्राट् र राजदूत राणाबीच गत वर्ष जापानको कुमामोतो क्षेत्रमा गएको भूकम्प पीडित जापानीलाई नेपाली राजदूतावास र नेपाली समाजले गरेको सहयोग तथा नेपालका भूकम्पपीडितलाई जापानी जनता र सरकारले गरेको सहयोगका विषयमा पनि छलफल भएको थियो । 

सन् २०१५ मा कुमामोतो क्षेत्रमा तत्कालिन कावा राजदूत गेहेन्द्रराज भण्डारी, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, व्यवसायी केशव थापा, प्रल्लाद महतलगायतको टोलीले खाद्यान्न र सरसफाइमा सहयोग गरेको थियो । सम्राट् अकिहितोले दुई दशकअघि नेपाल भ्रमण गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप