शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायती गोर्खा रेजिमेन्ट भित्र सिसिसि प्रतियोगिता सम्पन्न

शनिबार, १० असार २०७४, ०९ : १८
शनिबार, १० असार २०७४

रोशन मेवाहाङ्ग 


लण्डन – वेलायती दोश्रो गोर्खा रेजिमेन्ट भित्र हरेक बर्ष हुने च्याम्पियन कम्पनी प्रतिस्पर्धा सकिएको छ । बिभिन्न प्रतिस्पर्धात्मक विधा  समेटिएको प्रतिस्पर्धामा बाजी मार्दै २० बर्ष पछी ‘सि’ कम्पनीले च्याम्पियन कम्पनीको उपाधि चुमेको छ । 

प्रतियोगितामा ‘ए’ र ‘सि’ कम्पनिको अंक बराबरी रहे पनि स्तरीयताका आधारमा कमाण्डिङ्ग अफिसर मुरेले ‘सि’ कम्पनीलाई च्याम्पियन कम्पनीको घोषणा गरेका हुन् । 

कर्णेल मुरेको निर्णयलाई उक्त बटालियनकाकेहि  सैनिकहरुले भने आलोचना गरिरहेका छन् । 

मुख्य रुपमा आर्मि दौड प्रतियोगिता, आर्मि ज्ञानको परिक्षा,चादँबारीमा बन्दुकको निशाना, खेलकुद र पौडिवाज जस्ता विधा  प्रतिस्पर्धामा समावेश थियो   । 
हरेक बर्ष गोर्खा रेजिमेन्ट भित्र प्रतिस्पर्धा गरिने यस प्रतियोगितालाई अत्यन्तै महत्वका साथ लिने गरिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप