बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘कतारले १० दिनभित्र मान्नुपर्छ यी माग, नभए...’

शनिबार, १० असार २०७४, १० : ०९
शनिबार, १० असार २०७४

बीबीसी

कतार कूटनीतिक संकटमा मध्यस्थता गरिरहेको खाडी देश कुवेतले कतारलाई अरब देशसँग सम्झौताका लागि आफ्नो माग सुम्पिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार कतारलाई १३ बुँदे मागको सूची दिइएको छ ।

साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले यी मागमा न्यूज च्यानल अल जजिरालाई बन्द गर्न शर्त राखेका छन् ।

यी देशले कतारलाई इरानसँगको सम्बन्ध समाप्त गर्न र टर्कीको सैन्य बेसलाई १० दिनभित्र बन्द गर्ने शर्त पनि अघि तेर्साएको छ ।

कतारसामू राखिएका प्रमुख मागहरुः

१. कतारले मुस्लिम ब्रदरहुडसँग सबैप्रकारको सम्बन्ध तोड्नुपर्ने जुन अरब देशमा प्रतिबन्धित छ ।

२. अल–जजिरा, रबी२१ र मिडिल इस्ट आई न्यूज च्यानललाई आर्थिक मद्दत दिन बन्द गर्नुपर्ने

३. क्षतिपूर्तीको रुपमा रकम उपलब्ध गराउने

४. साउदी अरब र अन्य देशमा विपक्षी पार्टीलाई दिइएको आर्थिक मद्दतसँग जोडिएका विस्तृत जानकारी दिनुपर्ने

५. अमेरिकी प्रशासनले बताएको चरमपन्थी संगठनलाई आर्थिक मद्दत दिन बन्द गर्नुपर्ने

६. यी चार देशद्वारा चरमपन्थको विषयमा बाँकी भएका ती व्यक्तिको नाम सुम्पिने

७. गल्फ को–अपरेशन काउन्सिलसँग राजनीतिक, आर्थिक र सबै अन्य तरिकामार्फत कतारले आफूलाई जोड्नुपर्ने

पछिल्लो दिन कुवेत र ओमानजस्ता केही अरब देशलाई छोडेर धेरैजसो अरब देशले कतारसँग आफ्नो राजनीतिक सम्बन्ध समाप्त गरेको छ र आफ्नो हवाई क्षेत्रलाई कुवेतका लागि बन्द गरेको छ ।

यसका साथै जमीनी सीमालाई पनि बन्द गरिएको छ ।

तर कतारले पहिले नै गरिसकेको छ अस्विकारः

कतारले चरमपन्थ र क्षेत्रीय अस्थिरतालाई बढावा दिएको आरोपलाई खण्डन गरेको छ । कतारको तर्फबाट यी मागको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यद्यपी, कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीले पहिले नै कतार प्रतिबन्ध नहटाएसम्म कुराकानीको लागि तयार नहुने बताइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप