शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनोनयन दर्ताको दिन बम पड्किएको बाणगंगाको यस्तो छ चुनावी चहलपहल (फोटोफिचर)

शनिबार, १० असार २०७४, १० : १७
शनिबार, १० असार २०७४

कपिलबस्तु–बाणगंगा नगरपालिपालिकाको चुनावी माहोल ह्वात्तै बढेको छ । बाणगंगामा एमालेले एकल उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीले  गठबन्धन बनाएर चुनाव लडेका छन्  । 
एमाले एकातिर र अर्कोतिर   कांग्रेस माओवादी केन्द्र  र जनमुक्ति पार्टी  रहँदा यहाँ दुई पक्षबीच नै कडा टक्कर हुने देखिएको छ । 

बाणगंगामा एमालेले मेयरमा विमला घिमिरे र उपमेयरमा चक्र  अर्याललाई उठाएको छ भने गठबन्धनबाट मेयरमा कांग्रेसका मंगल  थारु र उपप्रमुखमा माओवादीका  टोपनारायण बेलबासेलाई उम्मेदवार बनाइएको छ ।  गठबन्धनबाट जनमुक्ति पार्टीले भने वडामा उम्मेदवारी दिएको छ । 

चुनाव आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले घरदैलो अभियानदेखि प्रचारप्रसारका सबैखालको  उपाय अबलम्बन गरेका छन्  ।  चोकचोकमा पार्टीहरुका झण्डा देख्न सकिन्छ । 

बाणगंगा सोहि स्थानीय तह हो जहाँ स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन बम विस्फोट समेत भएको थियो ।  बाणगंगा नगरपालिकाको गजेहडामा टाइम बम बिष्फोट ९ जना घाइते भएका थिए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप