जीवन शर्मालाई मनपर्ने आफ्नै सात गीत

person access_timeकात्तिक १३, २०७४ chat_bubble_outline0

तेजेन्द्र के.सी.

बुटवल  । गायक जीवन शर्माको नाम किसान, मजदुर, गरिबका गीत गाउने गायकको परिचय  बनेको छ । अझ वर्गीय उत्थानका गीत ४ दशकदेखि निरन्तर गाउँने नाम पनि हो ।  

शर्माले एक हजारभन्दा धेरै गीत रेकर्ड गराएका छन् । दर्जनौं गीत  डायरीमा लेखेका छन् । ती गीत रेकर्ड गर्न भ्याएका छैनन् । गीतको डायरीले एउटा  बाकस भरिएका छ । बाकस काठमाडौँ घट्टेकुलमा रहेको शर्माको डेरामा अड्डा जमाएर बसेको छ  ।

५८ वर्षीय जनावादी गायक जीवन शर्माका चर्चित गीतहरू अहिले बजारमा पाइन्छन् ।

 सञ्चार माध्यमबाट पनि घन्किन्छन् । अझ  गाउँ सहर र देश विदेशका कार्यक्रममा जनवादी गायक जीवन शर्माका गीत निरन्तर दोहिरहेका छन् ।

शर्मा काठमाडौंको घट्टेकुलोस्थित डेरामा भेटिँदैनन् । न जन्मघर बाग्लुङ जिल्लाको राङखानीमा भेन्छिन् । बरु ठाउँठाउँमा हुने कार्यक्रमा भेटिन्छन्  । 
उनलाई रक्तिम सांस्कृतिक अभियान गरेको कार्यक्रममा बुटवलमा हामीले भेटाएका थियो ।

तिहारको अवसरमा यहाँ भएको कार्यक्रम बीचमा आधा घण्टा  समय निकालेर हामीले उनको जीवन, गीत आदिबारे  सोधीखोजी गर्दा शर्माले  हजार गीतमध्ये  सात गीत छनौट गरेका छन् । 

उनले आफ्ना सबै गीतको सिजर्नामा मिहिनेत गरेको दाबी गर्दै सात गीत छुट्ट्याउन निकै कठिन माने । 
अन्ततः उनका छनोटमा परेका गीत यस्ता थिए । सुरुमा आफूलाई  प्रेरणा दिने गीत गाएर नै सुनाए  । 

समयसँग सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष 
आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष 
सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ
 हजारौँ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ ।
 समयसँग सम्झौता होइन सङ्घर्ष गर सङ्घर्ष  ।

अर्को गीत  छ 

२) सागर भेट्न जाँदै छ नदी सँगैसँगै जाउँ २  
पानीमा खेल्ने माछी  तिमी  पौडी खेल्दै जाऊँ,
 पहराले छेके पनि पहिरोले रोके पनि  
सागर भेट्न जाँदैछ नदी सँगैसँगै जाऊँ २

यी दुवै गीतमा जीवन शर्माको रचना, सङ्गीत र गायन छ । 

गायकलाई आफूले गाएका सबै गीत मन पर्छन् । मन पर्ने  र आफैलाई पे्ररणा दिने गीत मान्दछन् । उनी भन्छन्– मन नपर्ने गीत कापीमा उतारिँदैन । र गाइँदैन् । यी मलाई प्रेरण दिने गीत हुन् । आफूसँगै देश दुनियाँले मन पराएका अन्य गीत पनि छन् । 

३) सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । 
उमेर भइसक्यो असी झन् ठूला दुःखले जेलेको  २ 
छोरा छोरी पालेताले यै भारीको भरमा 
जीवनभरी कहिल्यै पनि सुध्रिएन कर्म
वैशाखको धुपमा पनि सुख पाइन मैले 
साउनको बाढी पहिरो भन्न पाइन मैले
निमुखा यो सर्वहारा सातुको कोसेली फुकायो 
भिजेको जिउको सारा डाँडामा पसिना सुकायो
सिमली छायाँमा  ....

यसरी रचना गरेका थिए यो गीत 
शर्मा २०३९ सालमा म काठमाडौँबाट  घर बाग्लुङ जाँदै थिए । पूर्वका राई  थरका  भरिया बाटोमा ठूलो  चौपारीमा भरिया बिसाएका थिए ।
 ती वृद्ध भरियाको नजिकैले पुगेर कुराकानी गरेपछि गीतको रचना भएको हो । 
उनको  पारिवारिक अवस्था, अनुहार सबै हेर्दा  मन छोयो ।
कुराकानी सकेर ममाथि चौरापीमा जाँदा यस्तो गीत आफै फुरेको शर्माले स्मरण गरे । 
 जुन निकै चल्यो, अहिले पनि मेरा हरेक कार्यक्रममा दर्शकहरूले यो गीत फर्माइस गरेका हुन्छन् । 

४) सुकेर जाँदैन, रोकेर रोकिँदैन
 सुकेर जाँदैन, रोकेर रोकिँदैन 
झरनाको चिसो पानी 
भारी खेप्ने खेतलाको यही जिन्दगानी
झरनाको चिसो पानी 
सुकेर जाँदैन, रोकेर रोकिँदैन
सुकेर जाँदैन, रोकेर रोकिँदै
भारी खेप्ने खेतलाको यही जिन्दगानी
झरनाको चिसो पानी  छेकेर छेकिन्न रोकेर रोकिँदैन । 
वारि छन् माइला दाइ पुछ्दै पसिना
पारि माइली छन् माइली भाउजु हेर्दै असिना 
 सानो छ पुण्टे तर पिठ्यँुमाथि भारी 
डरैडरै तपतपैले  हिँड्छ कठैबरै
झरना चिसो पानी 
सुकेर जाँदैन रोकेर रोकिँदैन् 
भारी बोक्ने खेतलाको यही हो जिन्दगानी 

निमार्ण यसरी भयो 
२०४६ सालमा निमार्ण गरिएकोे हो । पहाडमा जाँदै गर्दा करिब ८ वर्षको बच्चाले विद्यालय नगई भारी बोकेका थिए । 

सकी नसकी भारी बोक्ने बालकसँगै बाबुआमाको पनि कष्टपूर्ण जीवन थियो । कुराकानी गर्दै जाँदा  बाबुआमा र बालकको बाध्यता थियो । गारिबका कारण यस्तो गर्नुपरेको थियो ।

अर्को सहज रूपम  विद्यालय पढ्न जाने व्यवस्था राज्यले नगर्दा पनि समस्या थपिएको हो । 
यो वास्तविक गीत अझ धेरैले मन पाएका छन् । वास्तवमा यो गीत कालजयी बन्यो 

५) यसपालि त यस्तै भो आमा अर्को साल आउने छु दशँैमा
यसपालि त यस्तै भो आमा अर्को साल आउने छु दशैँमा
 हिउँदको घामछायाँ वर्षातका पानी
सुखदुःख यस्तै रहेछ हाम्रो जिन्दगानी 
या कालो कैवाँ करायो होला घरैमुनि सुकेको बाँसैमा 
यसपालि त यस्तै भो आमा अर्को साल...

६२ सालमा शर्मा दुबईमा  नेपालीहरूको कार्यक्रमा पुगेको थिए ।  नेपाली कामदारहरू दशँैका बेला घर आउन पाएका थिएन् । मालिकले पार्सपोट राखिदिएको थिए ।

युवाहरू ऋण खोजेर विदेश गएका छन् । आउनका लागि  पैसा साथमा छैन– उनले भने– नेपालस्थित घरमा रमाइलो गरेका हुन्छन् । नेपालीहरू दाजुभाइहरू अर्को देशमा नोकर बनेर काम गरिहेका थिए । यही उनीहरूको पीडालाई समेटेर तयार गरेको गीत हो ।

यस्तो बेला यो गीत रचना गरेको अहिले सबैले मन पराएका छन् । खासगरी दसैँ तिहारका बेला निकै चल्छ । 
 
६) मणि थापाको रचना रहेको जीवन शर्माको गायन रहेको अर्को गीत पनि निकै मन पर्छ 
फक्ल्यान्डको टापुबाट, 
जङ्गलको बीचबाट 
लेखेरहेको छु चिट्टी तिमीलाई 
लडाइँको मैदानबाट 
रगतले भिजेको छ शरीर मेरो साह्रा जङ्गलको बास 

४४ सालमा  गाएको यो गीतले युद्धको सङ्केत गर्छ  । बेला बेलामा हुने वर्गीय युद्धलाई लक्षित गरेर निर्माण गरिएको हो । क्रान्तिकारीहरूले विशेष मन पाएका हुन्छन् । जुनबेला शर्माका सहयात्री मणि थापाले यो गीतको रचना गरेका हुन् । युद्धको बेला युद्ध नायकले कल्पना गरी तयार पारिएको छ । 

७) सुसेली हालेर वनमा नाच्दै गाउँदै हिँडेको 
सम्झना ताजै छ मनमा गाउँमा हाँसेर खेलेको 
सुसेली हालेर वनमा नाच्दै गाउँदै हिँडेको 
सम्झना ताजै छ मनमा गाउँमा हाँसेर खेलेको 
विदेशका गल्ली गल्ली डुल्दैछु कामको खोजीमा 
गाउँमै फर्कर्न खोज्दै छ, दाम पैसा केही छैन गोजीमा
सुसेली हालेर वनमा नाच्दै गाउँदै हिँडेको 

यो गीतमा  आर्थिक अभावका कारण विदेश जानुपरेका नेपाली  युवाका पीडालाई छ्याएका छन् । शर्माले विदेश हुने गरेका कार्यक्रममा  यो गीत  नगाई सुख पाउँनदैनन् । 

शर्माका जिन्दगीका रङहरू 

वि.सं. २०१७ साल भाद्र २५ मा बागलुङ जिल्लाको राङखानीको सम्पन परिवारमा जीवन शर्मा जन्मिएका थिए । एसएलसीमा ६८ प्रतिशत ल्याएर २०३५ सालमा काठमाडौँ आएका थिए । 

पुल्चोक इन्जिनिरङ कलेजमा इन्जिजियङ भर्ना भए । तीन सेमेस्टर चल्दै थियो । त्यही बेला ३६ सालको आन्दोलन सुरु भएको थियो ।

उनी वेदना परिवारको सम्पर्कमा थिए । उक्त बेला जनताका राष्ट्रका गीत गाउने संस्था वेदना परिवार नै थियो ।  

साथीहरूसँगै आन्दोलनमा जनताका गीत गाउनका लागि पढाइ छाडेर गाउँघरतिर लागे । 

उनी सझन्छन्, सायद त्यो सम्पर्क नभएको भए उहिले दक्ष इन्जिनियिर बनिन्थ्यो होला  ।

आन्दोलनको आँधीबेरीसँगै कलेज छाडेर २ वर्ष  हिँडेपछि साथीहरू पनि कता कता लागे । संस्था पनि गतिहीन भयो । शर्मा अलमला परेका थिए ।

पढाइ छाडियो, के गर्ने जगिर छैन । अनि जागिर खाने सोच मनाएर मुस्ताङ  जिल्ला पुगेका शर्माले त्यहाँको एक विद्यालयमा  विज्ञान र गणित विषयको शिक्षकका रूपमा काम गरे ।  

६३/६३ आन्दोलमा पछि मेरो फेरि पनि हुकिमी शासन चल्दैछ, गोली चल्दै छ ।  निकै चल्यो । काठमाडाँै कलङ्कीदेखि बुटवल नारायणगढ, नेपालगञ्ज आदि ठाउँमा यो गीतले आन्दोलनलाई निकै ऊर्जा थपेको उनी सम्झछन् ।

आन्दोलन सफल भएपछि  उनीमाथि लागेका मुद्दा पनि राज्यले फिर्ता गरेको थियो ।

बाल्यकाल देखि साङ्गीतिक क्षेत्रमका लागेका जीवनको शर्माको गीत  पहिलो भए पनि धेरै चलेन । 

आठ कक्षादेखि नै सङ्गीतको बाटो हुँदै राजनीतिमा होमिएका शर्माले पुल्चोक कलेजमा इन्जिनियरिङको अध्ययनलाई तेस्रो सेमेस्टरबाट हात हल्लाउँदै जनताका लागि जीवन समर्पण गरेका दाबी गर्छन्  । बुटवलमा हामीसँग आधा घण्टाको कुराकानीमा पटक पटक गीत गाएझैँ व्याख्या गर्थे ।

जीवन शर्मा गाउँदैनन् मात्र, गीत पनि आफैँ लेख्छन् । कहिलेकाहीँ कविहरूका रचनालाई पनि गीति सरगममा ढाल्छन् । साङ्गीतिक क्षेत्रकै नीलिमासित उनले प्रेमविवाह गरेका हुन् । उनी पनि रक्तिमको अभियानमा निकै कृयाशील छन् । 

काठमाडौँको कलेज जीवनमा प्यूठानका मणि थापासित जीवन शर्माको जोडी खूबै जम्यो । गाउने जीवन र नाच्ने मणि । कलेजहरू डुल्दै आधा दर्जन वर्ष मणिसँग गरेको सहयात्रा उनले बिर्सन सकेका छैनन् । 

शर्माको पहिलो गीत 
कति छन् यहाँ छटपटराई  रहेका निशालाई देखेर 
चाँडौ आउने छ बिहानी 
सुन्दर अँध्यारो चिरेर 
कति छन् यहाँ...

सङ्र्घषको जिन्दगी सुरुवात 

तत्कालीन सत्ताका आडमा पुलिस र मण्डलेहरूको दमन गाउँतिर आफ्नै अगाडि धेरै देखेका थिए । 

त्यसको विरूद्ध लाग्न किशोर कालदेखि नै प्रतिबद्ध हुन थाले । उनले आफ्नो विगत खुलाए ।  पटक  पटक प्रहरीले धम्की दियो । विभिन्न अभियोग लागउँदै मुद्दा समेत चलायो ।

त्यसैको जगमा उठेको उनको सङ्गीतसँगको सहकार्यले अन्ततः रक्तिमको बाटो समायो अहिलेसम्म जारी छ । 

२०३२ सालदेखि सङ्गीतसँग सहकार्य गर्दै आएका शर्मा २०४३ मा रक्तिम सांस्कृतिक परिवारको स्थापना गर्ने अभियानको पर्यायवाची जस्तै बनेका छन् । 

जीवन शर्मा र मणि थापा र मोहन चित्रकारसँग मिलेर जीवन शर्माले त्रिचन्द्र कलेजको छेउमा घण्टाघरको मुनि २०४२ सालमा जग हालेको साङ्गीतिक टिमले नै अर्काे वर्ष २०४३ चैत्र १ गते रक्तिम परिवारको आकार ग्रहण गरेको थियो । 

हाल पनि रक्तिम परिवारको नेतृत्व गरिरहेका उनको संस्थाबाट  थुपै  गीति क्यासेट बजारमा आएका छन् ।

काठमाडौँमा प्यूठानका मणि थापा, जीवन शर्मा, राजेश विकको टोली थियो । 

शर्माले इन्जिनियरिङको पढाइ बीचमै छाडे पनि मानवशास्त्र र अङ्ग्रेजीमा डबल स्नातकोत्तर  गरेका छन् ।

सादा जीवन र उच्च विचारलाई जीवनको मूल मन्त्र बनाएका उनी जनताको गीत गाउँदै कहिले नेपालका सुदूर बस्तीहरूमा पुगे त कहिले युरोपका रङ्गीन मञ्चहरूमा पुगेका छन् ।

घट्टेकुलमा कोठाभाडा तिर्न धौधौ 
सामान्य कपडा, जुत्ता  लागएर विभिन्न कार्यक्रमा देखिन्छन् उनी । उनको अन्य कुनै तडक भडक पनि भेटिँदैन । उनको नाममा जमिन छैन, कुनै बैङ्कमा रुपियाँ जगेडा छैन ।

चार दशक लामो सांस्कृतिक यात्राभर जीवन चलाएका छन् । काठमाडौँ घट्टेकुलो स्थित डेरामा बस्न भ्याउँदैन् । तर भाडा तिनुपर्छ । बर्षमा एक दुई महिना मात्र बस्छन् होला ।

उनले  भने– अब त्यो भाडा पनि धेरै भयो । पैसा तिर्न धौधौ छ । कोठा छाड्नु पर्छ होला । 

जीवन शर्मा जन्मजात सर्वहारा होइनन् । तर, सर्वहाराका गीत गाउँदागाउँदै सर्वहारा बन्न पुगेका छन् ।  कमाउनेतिर  जिगन्दी भर लागिएन भन्छन् । 

सबै नेपाली  गरिब छन्, मरो जीवनशैली गरिब भएर के हुन्छ । त्यसो त कागजी प्रमाणपत्रहरू नभएर जीवन शर्मा सर्वहारा हुन पुगेका होइनन् । 

लामो समय परिवर्तका गीत गाउँदै हिँड्दा पनि देशमा आमूल परिर्वतनको त कुरै छोडौँ भएका परिवर्तन पनि संस्थागत नहुँदा आम मानिसभन्दा उनी बढी चिन्तित छन् ।

दर्शन र राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले अङ्ग्रेजी र मानवशास्त्रमा डबल एमए पनि पढेकै हुन् । तर अङ्ग्रेजीलाई आफÞ्नो कपको कफी बनाउन सकेनन् ।  उनले भने– ३ करोड नेपाली धनी हँुदा  म पनि धनी हुन्छु ।

सञ्चार माध्यमप्रति यस्तो छ टिप्पणी 

उनको विचारमा नेपालका सरकारी सञ्चार माध्यमहरूले जनताका गीतहरूलाई कम  महत्व दिएका कारण उनका गीतले कम चर्चा पाएका हुन् । उनी जस्ता जनता गीत गाउने कलाकारको पनि यस्तै अवस्था छ ।

बिग हाउसहरूले पनि सरकारी रवैयाकै अनुसरण गरेका  छन् । अहिले अलि चेन्ज भएको छ । चेन्ज ठूलो लागनीका मालिकहरूका कारणले हाइन त्यहा कार्यरत सञ्चारकर्मिहरूका कारण  जनगायक हरूका समाचार, फिचरहरू  आएका हुन् । 

हाम्रा  गीतहरू धेरैले  सुरुमा चर्चा पाउँदैन् । अनि ठूलो लागनी भिडियो बनाउन,  प्रचार प्रसार खर्च  गर्ने रकम कम हुन्छ । विस्तारै मेरा कार्यक्रमहरू गीत आउँदै गर्दा जनताले मन पराउँछन् अनि चर्चा हुन्छ । 

धमाधम विदेशमा कार्यक्रम 
 

जीवन शर्मा सांस्कृति कार्यक्रमका  लागि दार्चुला र बझाङ जिल्लाबाहेक अन्य सबै जिल्लामा पुगेका छन् ।  

भारतका हरेक सहरमा कार्यक्रम पुगेका छन्  । खासगरी ४६ सालपछि भारतका सहरहरूमा गीत गाउन पुगेका थिए ।

६२–६३ सालको आन्दोलनपछि विभिन्न देशमा जान थालेका हुन् ।  साउदी अरब, दुबाई, मलेसिया जस्ता देशहरू पटक पटक पुगेका छन् । जापान, अस्टेलिय, कोरिया  पुगेका छन् ।  उनी भन्छन्– अहिलेसम्म ३२ वटा देशमा गाउनको लागि पुगेको छु, जहाँ नेपालीहरू बोलउँछन् त्यहीँ जाने हो । पछिल्ला वर्षमा धमाधम विदेशी कार्यक्रमा उनी सहभागी हुँदै आएका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ