शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करोड रुपैयाँ लगानीमा पोखरामा बेलुन उडान

सोमबार, १३ कात्तिक २०७४, २१ : ०२
सोमबार, १३ कात्तिक २०७४

काठमाडौं –  पर्यटन नगरी पोखरामा प्रकृतिको साहसिक खेलको रूपमा लिइने बेलुन उडान शुरु हुने भएको छ । करोड रुपैयाँ लगानीमा बेलुन नेपाल प्रालिले उक्त खेल शुरु गरेको हो । बेलुनमा उडेर मनोरम पोखराको दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

अमेरिकाको एडम्स बेलुन कम्पनीसँग बेलुन खरीद गरी गरी कम्पनीले पोखराको धम्पूसबाट उडान गरी मार्दीखोलाको तीरमा अवतरण गर्ने कम्पनीले जनाएको छ । 
उक्त कार्य अन्तर्गत प्रत्यक्ष १५ जनाको सहयोगमा पर्यटन क्षेत्रमा अझै थप विकास पुगेको दावी कम्पनीले गरेको छ । 

उक्त खेलमा सहभाग िहुन प्रतिव्यक्ति ८हजार ५ सय रुपैंयाँ शुल्क तिर्नु पर्ने हुन्छ 
 । एकपटकमा ६ जनासम्म पर्यटकलाई आधाघण्टा उडाउन सकिने व्यवस्था मिलाइएको हुन्छ । तालिम प्राप्त बेलुन पाइलटद्वारा गरिने उडान भरिने पूर्णतः सुरक्षित हुने कम्पनीको दावी छ ।  चीनबाट तालिमप्राप्त दक्ष पाइलटको व्यवस्था मिलाएको छ भने ग्राउण्ड ह्याण्डलिङको लागि भारतबाट ग्राउण्ड ह्याण्डलिङ टेक्निसियनको पनि व्यवस्था मिलाइ सकेको जनाएको छ । 

आवश्यकता अनुसार स्थानीय व्यक्तिहरुलाई तालिम दिई दक्ष बनाई नेपालमै हट एयर बेलुनको व्यावसायिक उडानका लागि जनशक्ति तयार गर्ने लक्ष्य लक्ष्य लिएको जनाएको छ ।  
नेपाल सरकार, पर्यटन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक इजाजत लिई भविष्यमा हटएयर बेलुनबाट नै स्काई डाइभ एवम् हट एयर बेलुनसँग सम्बन्धित अन्य कार्यक्रमहरु पनि गर्दै जाने लक्ष्य लिएको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप