बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक्सपर्टको आयोजनामा अष्ट्रेलियन एजुकेशन सेमीनार हुने

मङ्गलबार, १४ कात्तिक २०७४, ०९ : १७
मङ्गलबार, १४ कात्तिक २०७४

आगामी कार्तिक १५ गते (बुधबार) राजधानीमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श तथा आवश्यक अन्य प्रक्रिया प्रबन्ध गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा सेमीनार हुने भएको हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको पुतलिसडकस्थित कार्यालयको हलमा हुने सेमीनार हुने छ । अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पूर्ण जानकारी दिने उदेश्यले सेमीनार आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक खेम संग्रौलाले बताए । 

एकदिने सेमीनारमा आयोजकका साथै अष्ट्रेलियाका  Charles Sturt University, Victoria University (ECA) र TAFE  South Australia का प्रतिनिधि पनि सहभागी हुनेछन् । जसमार्फत सहभागी विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमै लिन सक्नेछन् । मुख्यत आगामि फेब्रुअरी वा जुलाई इन्टेकका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले सेमिनारमार्फत आफु पढ्न चाहेको विषय र सो सम्बन्धि अन्य जानकारी प्रतक्ष्य रुपमा लिन सक्नेछन् । 

प्रबन्ध निर्देशक संग्रौलारीले भने,
-विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक अवस्थाअनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनु सेमीनारको उदेश्य हो । 
-कुनैपनि विद्यार्थीलाई पछि गएर कुनै अन्यौल नहोस भन्ने हाम्रो चाहना हो ।
-सेमीनारमा निशुल्क प्रवेशको व्यवस्था छ ।
-डिप्लोमादेखि पिएचडीसम्म अध्ययनका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले सहभागिता जनाउनसक्ने छन् ।

विगत डेढदशकभन्दा लामो समयदेखि अष्ट्रेलियालाई केन्द्रित गरेर सेवा प्रदान गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजमार्फत हालसम्म हजारौं विद्यार्थी अष्ट्रेलिया पुगिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप