शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरको झझल्को दिने अर्घाखाँचीको चुनाव, यस्तो छ समीकरण (फोटोसहित)

शनिबार, १० असार २०७४, १५ : ०३
शनिबार, १० असार २०७४

ओम/शम्भु /गणेश खनाल


अर्घाखाँची– दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अर्घाखाँचीका ३ नगरपालिकामा कडा प्रतिस्पधा हुने देखिएको छ ।


 यहाँको सन्धिर्खक नगरपालिका, शितगंगा नगरपालिका र भुमिकास्थान नगरपालिकामा सत्ता पक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी गठबन्धन बनाएका छन् । यता नेकपा एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । 

यस्ता छन् अर्घाखाँचीमा उम्मेदवारहरु 
सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले  गठबन्धन बनाएका छन् । 


गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसबाट कमलप्रसाद भुसाल, उपमेयरमा माओवादीका ठाकुरकुमार बिक चुनावी मैदानमा छन् । एमालेले मेयरमा कृष्णप्रसाद श्रेष्ठलाई उठाएको छ भने जनमोर्चाले कल्पना पोखरेललाई मेयरमा उठाएको छ । यो नगरपालिकामा एमाले, जनमोर्चा र कांग्रेस– माओवादीको संयुक्त गठबन्धनबीच त्रिकोणात्मक संघर्ष हुने भएको छ । 


यस्तै भूमिकास्थान नगरपालिका प्रमुखमा माओवादीका रेशम थापा र उपमेयरमा कांग्रेसका खडानन्द बेल्बासेको उम्मेदवारी छ भने जनमोर्चाले प्रमुखमा कविराम खनाललाई अघि सारेको छ । 


यसैगरी शितगंगा नगरपालिकाको मेयरमा कांग्रेसबाट सुर्यप्रसाद अधिकारी र उपमेयर पदमा माओवादीबाट टीका रेश्मी उम्मेदवार बनेका छन् । एमालेबाट भने वसन्त श्रेष्ठ उठेका छन् । 


गाँउपालिकामा को–को ?
मालारानी गाउँपालिकाको अध्यक्षमा माओवादीबाट पदम क्षेत्री र उपाध्यक्ष पदमा कांग्रेसबाट शान्ता खनालले उम्मेदवारी दिएका छन् । यो गाँउपालिकाको वडासम्म कांग्रेस माओवादीको चुनावी गठबन्धन भएको छ । 


यस्तै पाणिनि गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट अच्युत गौतम, माओवादी केन्द्रबाट श्रीहरि गौतम र एमालेबाट जिवनारायण कोइरालाको उम्मेदवारी परेको छ । 
यसैगरी छत्रदेव गाउँपालिका प्रमुखमा कांग्रेसबाट लेखनाथ पाण्डे, एमालेबाट ऋषिराम अधिकारी, माओवादीबाट प्रकास ज्ञवाली चुनावी मैदानमा छन् । 


कस्तो छ प्रतिस्पर्धा ?
शितगंगा र सन्धिखर्कमा कांग्रेस माओवादी गठबन्धनको पकड रकेको छ भने   भुमिकास्थानमा राजमो, एमाले र कांग्रेस माओवादी गठबन्धनबीच कडा टक्कर हुने स्थानीयहरु बताँउछन् ।

 जिल्लाका सम्पूर्ण स्थानीय तहमा एमाले र राजमोबीच तालमेल गर्नेे छलफल चलेपनि भुमिकास्थानमा दुवै दलले प्रमुख पद छोड्न नमानेपछि अरुस्थानमा पनि सहमति हुन नसकेको हो । 


एमालेसंग कुनै सहमति तथा तालमेल नभएको बताँउदै हल्लाको पछाडी नलाग्न राजमो जिल्ला अध्यक्ष झविलाल थापाले आग्रह गरेको बताए । 


यस्ता छन् उम्मेदवारका एजेण्डा
जनताको घर घरमा माओवादीले अधिकार लगेको भन्दै माओवादीको जित निश्चित भएको सन्धिर्खकका उपमेयरका उम्मेदवार ठाकुर कुमार विकले बताए । 


जिल्लाको विकासमा आफनो पार्टी गरेको भूमिका हेर्न उनले आग्रह गरेका छन् । माओवादीमा कुनै गुट उपगुटको प्रभाव नभएको स्थानीय नेताहरु बताँउछन् । यता  एमाले र काग्रेस भित्र मतभेद रहेका कारण बेला बेला फरकफरक गुटका विवाद बाहिर प्रकट हुने गरेको स्थानीय बताँउछन् । 


सितंगगा नगरपालिका कांग्रेसको प्रभाव रहेको क्षेत्र हो यसमा माओवादी केन्द्रका मत थपिएपछि गधबन्धनको पक्ष बलियो बनेको बताइन्छ । पाणनी गाउँपालीका काग्रेस एमाललेको प्रभाव राम्रो रहेको छ । 


यस्तै छत्रदेव गाउँपालिका कांग्रेसको सबैभन्दा पकट क्षेत्र मानिएको छ,  यहाँ भने कुनै तालमेल भएको छैन । 


स्थानीय भन्छन्– तालमेल भएको क्षेत्र दोस्रो भरतपुर
एक स्थानीय तहबाहेक सबै स्थानीय तहमा कांग्रेस–माओवादी केन्द्रबीच तालमेल भएकाले  असार १४ गते हुने यहाँको चुनाव रोचक बन्ने सहजै अनुमान लगाउन सकिन्छ ।  शीतगंगा गाउँपालिकाका शिक्षक विष्णु अर्यालले  अर्घाखाँचीको चुनावलाई आफूले चितवनको भरतपुर महानगरपालिकाको चुनावसँग दाँजेको बताए ।

 
उनले भने– यहाँका छत्रदेव गाउँपालिका बाहेकको स्थानीय तहमा कांग्रेस माओवादी केन्द्रबीचको गठबन्धन रहेको छ भने एमाले एक्लै भिडेको छ ।  ज–जसको गठबन्धन भएपनि यहाँ रोचक भीडन्त हुँदैछ । अर्घाखाँचीको चुनावलाई हामीले  दोस्रो भरतपुरको रुपमा लिएका छौं ।


बैशाख ३१ को पहिलो चरणको चुनावमा चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच रोचक प्रतिश्पर्धा भएको थियो । यद्यपी मतगणनाको क्रममा विवाद निम्तिएपनि सो स्थानको अहिलेसम्म अन्तिम परिणाम आउन सकेको छैन । 


यसैबीच लामो समय भारतमा परेर मत हाल्नका लागि  जिल्ला आइपुगेका रामबहादुर क्षेत्रीले ठाडाका स्थानीय सम्बोधन  गर्न सक्ने जनप्रतिनिधि चयन गर्नुपर्ने बताए ।  उनले यहाँको समस्या  खानेपानी, सडक, सिंचाईलगायत नै मुख्य समस्या भएको समेत बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप