शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

बुधबार, १५ कात्तिक २०७४, १२ : ५२
बुधबार, १५ कात्तिक २०७४

दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोटका गर्न राजनीतिक दलहरू अन्तिम चरणमा पुगेका छन् । केही दलले उम्मेदवारको टुङ्गोसमेत लगाइसकेका छन् । भोलि १६ गते उम्मेदवारहरूको मनोनयन दर्ताका साथै सूची प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने अन्य दलहरू पनि छलफलमा जुटिरहेका छन् । हामीले विभिन्न जिल्लाहरूमा स्थानीय तहको निर्वाचनमा  राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको उपस्थिति कस्तो रहेको छ भन्ने आँकलन गरेका छौँ । हामीले प्रस्तुत गर्न लागेको मतको आँकडा स्थानीय तहको चुनावमा गाउँपालिका तथा नगरपालिका प्रमुख तथा वडा अध्यक्षहरूले पाएको मतलाई आधार बनाएका छौँ । यहाँ प्रस्तुत गरिएको मत विवरण दलहरूले पाएको मोटामोटी मत विवरण हो ।  

१) इलाम 
प्रदेश नम्बर १ को इलाममा मङ्सिर २१ गते दोस्रो चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । इलाममा प्रतिनिधि सभा निर्वाचनका लागि दुई र प्रदेश सभा चुनावका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । 

क्षेत्र नं. १
इलाम क्षेत्र नं. १ अन्तर्गत सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माई नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ९ र १० तथा इलाम नगरपालिकाको वडा १० पर्दछ ।

गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले पाएको मतका आधारमा इलाम क्षेत्र नं. १ मा दलले पाएको मतका आधारमा यस क्षेत्रमा रहेका दलहरूको अवस्थाको हामीले विश्लेषण गर्ने प्रयास गरेका छौँ । 

इलाम क्षेत्र नं. १ मा स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले २४ हजार २ सय ७६ मत ल्याएको छ भने नेकपा एमालेले ३१ हजार ८ सय ४६ मत ल्याएको छ । यस्तै माओवादी केन्द्रले ४ हजार ५ सय ९४, सङ्घीय समाजवादी फोरमले २ हजार ५ सय २९ र राप्रपाले ६ सय १५ मत ल्याएको छ । 

यसआधारमा हेर्दा इलाम क्षेत्र नं. १ मा एमाले र माओवादी केन्द्रले ३६ हजार ४ सय ४० मत ल्याएको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १२ हजार १ सय ६४ मत बढी हो । इलाम क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १ हजार ६४ मतदाता रहेका छन् ।  

क्षेत्र नं. २
इलाम क्षेत्र नं. २ मा इलाम नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाका वडा नं. ६, ७ र ८ पर्छन् । 

क्षेत्र नं. २ मा स्थानीय तहमा प्रमुख तथा वडाध्यक्ष पदमा राजनीतिक दलले पाएको मतका आधारमा नेपाली काङ्ग्रेसले २८ हजार २६ मत पाएको छ । नेकपा एमालेले २९ हजार १ सय ८१, माओवादी केन्द्रले ५ हजार ५७ मत पाएको छ भने सङ्घीय समाजवादी फोरमले ३ हजार ५ सय ६४ मत पाएको छ भने राप्रपाले १ सय ८५ मत पाएको छ । यहाँ बाम गठबनधनको कुल मत मिसाँउदा ३४ हजार २ सय ३८ मत छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा ६ हजार २ सय १२ बढी हो । इलाम क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि १ लाख २ हजार ९ सय ८६ मतदाता रहेका छन् । 
 
२) तेह्रथुम  
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ६६ हजार ७ सय ४१ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले पाएको मतका आधारमा तेह्रथुममा नेपाली काङ्ग्रेसले १८ हजार ४ सय ३१, नेकपा एमालेले १९ हजार १ सय ११, नेकपा माओवादी केन्द्रले ५ हजार ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७९, नयाँ शक्तिले २ सय ५४ मत पाएको छ । यस आधारमा तेह्रथुममा वाम गठबन्धन एमाले र माओवादी केन्द्रको २४ हजार १ सय ९२ मत छ भने नेपाली काङ्ग्रेस, राप्रपा र नयाँ शक्ति लोकतान्त्रिक गठबन्धनको १८ हजार ७ सय ६४ मत छ । यस आधारमा तेह्रथुममा वाम गठबन्धन ५ हजार ४ सय २८ मतले अगाडि रहेको छ । 

३) धनकुटा 
प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको धनुकुटामा १ लाख ५ हजार १ सय ९९ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा धनकुटाका स्थानीय तहका प्रमुख पदमा राजनीतिक दलले पाएको मत अनुसार नेपाली काङ्ग्रेसले १८ हजार १ सय ३२, नेकपा एमालेले २९ हजार ९ सय ३, माओवादी केन्द्रले १० हजार ८३, राप्रपाले ३ हजार ८ सय ३०, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ७३, नयाँ शक्ति नेपालले ५४ मत पाएको थियो । यसअनुसार धनकुटामा बाम गठबन्धनको ३९ हजार ९ सय ८६ मत छ । यस्तै नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको २२ हजार ८९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धनको १७ हजार ८ सय ९७ हाराहारी बढी मत देखिन्छ । 

४) उदयपुर : 
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुरमा दुई निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि ४ निर्वाचन क्षेत्र रहेका छन् । उदयपुरमा कूल १ लाख ९३ हजार ९ सय १३ मतदाता रहेका छन् । उदयपुरको समग्र दुई क्षेत्रमा बाम गठबन्धनको ६८ हजार ९ सय ९७ मत छ भने नेपाली काङ्ग्रेसको ३७ हजार ३ सय ५६ मत छ । उदयपुरमा गठबन्धन दल नेपाली काङ्ग्रेस भन्दा ३१ हजार ६ सय ४१ मतले अगाडि छ । 

क्षेत्र नं. १ 
उदयपुर क्षेत्र नं. १ मा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिका रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रबाट नेपाली काङ्ग्रेसले २३ हजार ४ सय ३१ मत ल्याएको थियो । यस्तै एमालेले २३ हजार ५ सय १६ मत, माओवादी केन्द्रले १६ हजार १ सय ६ मत, नयाँ शक्तिले १६ सय ८३, राप्रपाले १ हजार ११ मत ल्याएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३९ हजार ६ सय २२ मत रहेको छ । यस्तै नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको २६ हजार १ सय २५ मत रहेको छ । अर्थात उदयपुर क्षेत्र नं. १ मा बाम गठबन्धन भन्दा १३ हजार ४ सय ९७ हाराहारी मतले अगाडि रहेको छ । आगामी निर्वाचनका लागि उदयपुर क्षेत्र नं. १ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् । 

क्षेत्र नं. २
उदयपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनका लागि ७९ हजार ३ सय २७ मतदाता रहेका छन् । यो क्षेत्रअन्तर्गत रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका र सुनकोशी गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । 

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काङ्ग्रेसले १३ हजार ९ सय २५ मत पाएको थियो भने एमालेले १६ हजार २ सय ६६, माओवादीले १२ हजार ५ सय ५९, नयाँ शक्तिले ४ सय ९६ र राप्रपाले १ सय २५ मत ल्याएको थियो । यस आधारमा यहाँ बाम गठबन्धनको पक्षमा २८ हजार ८ सय २५ हाराहारी मत छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा १४ हजार ५ सय ४६ मत रहेको छ । यहाँ बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा १४ हजार २ सय ७९ मतले  अगाडि रहेको छ ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप