बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

बुधबार, १५ कात्तिक २०७४, १८ : ०४
बुधबार, १५ कात्तिक २०७४

जनकपुर । अन्ततः नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच चुनावी टक्कर हुने निश्चित भएको छ  ।
नेपाली काँग्रेस र मधेशवादी दलबीच चुनावी तलमेल गर्ने सहमति भएपनि धनुषाका तीन नम्बर क्षेत्रमा कुरा नमिलेपछि यी दुई नेता आमने सामने आएका हुन् ।

सहमति अनुसार सबै क्षेत्रमा चुनावी तालमेल गर्न नसकेपनि शीर्ष नेताहरुको बीचमा तालमेल हुने सहमति भएको थियो । जसअनुसार मधेशवादी दलका शीर्ष तहका नेताले उम्मेदवारी दिने ठाउँमा काँग्रेसले उम्मेदवारी नदिने, काँग्रेसका शीर्ष नेताले उम्मेदवारी दिने ठाउँमा मधेशवादी दलले उम्मेदवारी नदिने सहमति भएको थियो ।

तर, अन्तिममा आएर राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको सीट काँग्रेसले छाड्न नमानेपछि सहमति भत्किएको हो । राजपा नेपालले धनुषाका तीन नम्बर छाड्नुस् या सर्लाहीका चार नम्बर छाड्नुस् भन्दा पनि न विमलेन्द्रले धनुषाका तीन छाड्न तयार भए न अमरेश कुमार सिंह सर्लाहीका चार छाड्न तयार भए ।

अन्ततः राजेन्द्र महतो धनुषा तीनबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने घोषणा गरेपछि अब विमलेन्द्र र महतोबीच टक्कर हुने निश्चित भएको छ ।
विमलेन्द्र निधि यसअघि पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए । अर्थात् उनका गृह चुनावी क्षेत्र हो । तर राजेन्द्र महतो यसअघिको चुनावमा हारेका हुन् र उनको चुनावी क्षेत्र सर्लाही रहेको छ ।

यसपटक सर्लाही छाडेर उनले धनुषा क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दिने भएका छन् । जनकपुर उपमहानगरपालिका राजपा नेपालका लालकिशोर यादव मेयरमा जितेपछि राजेन्द्र महतोको आकर्षण धनुषाको तीनमा पुगेको हो ।

उपमहानगरपालिकाको २५ वटा वडामध्ये १५ वटा वडा सोही क्षेत्रमा रहेका छन् । ती वडामध्ये अधिकाँशमा राजपा नेपाल नै जितेका छन् । १५ वडामध्ये नौवटा वडा राजपा नेपालले जितेका छन् भने काँग्रेसले चार र एमालेले दुईवटा वडा जितेका छन् ।

धनुषा तीन नम्बरमा साहु महाजन बाहुल्य क्षेत्र हो । र, त्यही भोटको लोभमा राजेन्द्र महतो चुनाव लडेका हुन् । राजपा नेपालबाट लालकिशोर साहले ल्याएको मत आधारमा नै महतोले पनि मत ल्याउन सक्यो भने जित सुनिश्चित रहेको धनुषाका स्थानीयहरुको बुझाई रहेको छ ।

जुन मतको लोभमा राजेन्द्र महतो त्यहाँ चुनाव लड्न गएका हुन् त्यही मतबाट यसअघि संजय साह (टकला) पनि जितेका थिए । राजेन्द्र महतोले संजय टकलाको सहयोग पाउने आशा गरेका थिए । तर स्रोत भन्छ, उनका श्रीमती रंगिलादेवी साह पनि उम्मेदवारी दिनेछिन् ।सोही क्षेत्रबाट वाम गठबन्धनको तर्फबाट एमाले नेतृ जुली महासेठ तथा स्वतन्त्रबाट निलम्बित पूर्व सांसद् संजय साहकी पत्नी रंगीला साह पनि चुनाव लड्ने छन् ।

यदि संजयका श्रीमती रंगिलाले उम्मेदवारी दिइन् भने सबभन्दा बढी मत राजेन्द्र महतोको काटिनेछ । किनभने राजेन्द्र महतोले पाउने मत नै रंगिलाको मत हो ।

स्रोतका अनुसार विमलेन्द्र निधिलाई हराउनका लागि रंगिलाले उम्मेदवारी दिन लागेकी हुन् । र, वाम गठबन्धनले पनि रंगिलालाई नै संघाउने जनकपुरका स्थानीय स्रोतहरुले जनाएका छन् । हालसम्म वाम गठबन्धनले धनुषा क्षेत्र नम्बर तीनका लागि उम्मेदवार घोषणा गरेको छैन । स्वतन्त्र उम्मेदवारलाई सघाउने कुरा बाहिर आएको छ ।

वाम गठबन्धन र राजपा नेपालबीच आन्तरिक तालमेल गरी विमलेन्द्र निधिलाई हराउने कुरा पनि हुनसक्छ, स्रोतहरुको दावी छ ।

विमलेन्द्र निधि पछिल्लो समय जनकपुरका लागि आलोचित नेताको रुपमा चिनिन्छ । जनकपुरमा हुन लागेको विकासमा विमलेन्द्र निधि बाधक बनेको आरोप लागि रहेको छ । यद्यपी काँग्रेसको पनि संगठन त्यहाँ कमजोर छैन । 

चारै नेतालाई सो क्षेत्रबाट चुनाव जित्न ठूलै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । महतो, महासेठ तथा साह तिनै सुडी जातका उम्मेदवार हुन् । तसर्थ महतोलाई जातीय मत तान्न पनि ठुलै चुनौती झेल्नु पर्नेछ । महतोको जितमा महासेठ तथा साह पनि बाधक बन्न सक्ने सम्भावना देखिन्छ । जातीय मत उनीहरुले केही केही बाँडेको खण्डमा निधिलाई फाईदा पुग्ने देखिन्छ ।

यता निधि स्थानीय जिल्लावासी भएको र महतो अन्तर जिल्लाको भएको नाराले पनि निधिलाई फाईदा पुग्ने सम्भावना देखिन्छ ।

साहु महाजनको मतको आधारमा जित्ने लोभमा राजेन्द्र महतो धनुषाबाट चुनाव लडिरहेको हल्लाले साहु महाजनबाहेकको मत विमलेन्द्र निधिलाई जाने पनि सम्भावना रहेको छ । सहरी क्षेत्रमा मात्र साहु महाजनको मत रहेको छ त्यस बाहेक यादव, झा र कर्णको मत पनि पर्याप्त रहेका छन् ।

साहुहरुले राजेन्द्र महतोलाई मत हाल्छन् भने अन्य समुदायले निधिलाई रोज्ने खतरा पनि त्यतिकै रहेको छ ।

धुनषामा विमलेन्द्र र राजेन्द्र महतोबीचको चुनावी टक्कर रोचक हुने देखिएको छ ।

महतोलाई हराउन संजय र रघुवीर कनेक्सन

यता संजय साहले जेलबाटै महतोलाई हराउन रंगिलालाई चुनावमा उठाएको स्थानीय नेताहरु बताउँछन्् । केही दिन अघि महतोले संजयलाई भेट्न जेल पुगेको बेला संजयले महतोलाई पत्नी रंगिलालाई राजपाको उपाध्यक्ष बनाइदिन प्रस्ताव गरेका थिए । पत्नी रंगीलालाई राजपाको उपाध्यक्ष बनाएको खण्डमा महतोलाई चुनावमा सहयोग गरि चुनाव जिताइदिने संजयले बताएको तर महतो लगायत राजपाका अन्य नेताहरुले उक्त प्रस्ताव अस्वीकार गरिदिएपछि संजय साहले जेलबाटै महतोलाई चुनाव हराउने खेल सुरु गरेको स्रोतको दाबी छ ।

यता रघुवीर महासेठको पनि संजय साहसँग कनेक्सन देखिएको छ । स्रोतका अनुसार रघुवीर महासेठ संजय साह निर्वाचित भएको धनुषा ४ बाट लड्ने भएपछि संजयले महासेठलाई चुनावमा सहयोग गर्ने वचन दिएको तर त्यसको बदलामा राजेन्द्र महतोलाई धनुषा–३ बाट हराउन महासेठ पत्नी जुलीलाई चुनाव लडाउनु पर्ने प्रस्ताव गरे । महासेठले सो प्रस्ताव स्वीकार गर्दै सोही सम्झौता अनुरुप जुलीलाई ३ बाट चुनाव लडाएको बताइएको छ ।

महतोलाई भारतीय दुतावासको दबाब
यता उक्त क्षेत्रबाट महतोलाई चुनाव नलड्ी निधिलाई जितको बाटो खोलिदिन चौतर्फी दबाब थियो । महतोलाई उक्त क्षेत्रबाट चुनाव नलड्न भारतीय दुतावास समेतले दबाब दिएको स्वयं महतोले आफ्ना निटका सहयोगीहरुलाई सुनाउने गरेको स्रोत बताउँछ । तर महतोले उक्त दबाबलाई नटेरी सोही क्षेत्रबाट चुनाव लड्ने निष्कर्षमा पुगेका हुन् ।

राजपा स्रोतका अनुसार निधि स्वयंले भारतीय दुतावास मार्फत महतोलाई उक्त क्षेत्र छोड्न दबाब दिन लगाएका थिए ।

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप