शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

शुक्रबार, १७ कात्तिक २०७४, १५ : १८
शुक्रबार, १७ कात्तिक २०७४

काठमाडौं–काँग्रेसभित्र आफन्त र नजिकलाई टिकट दिइएको चर्चापछि बामगठबन्धनभित्र पनि नेताले आफन्तलाई टिकट दिएको भेटिएको छ ।
पहिलो र दोस्रो चरणको प्रदेश र केन्द्रको निर्वाचनको उमेदवारी दर्तासँगै आफन्तको नाम बाहिर आएको हो । केही आफन्त चाहीँ समानुपातिकमा छन् ।

देशलाई समाजवादी बाटोमा छिटो विकास र समृद्ध बनाउने भन्दै दुई कम्युनिष्ट पार्टी मिलेर वामपन्थी गठबन्धन बनाएका छन् । गठबन्धन बनाएपनि दुवै दलका नेताहरुले आ–आफ्ना नातेदारहरुलाई टिकट दिएको भन्दै पार्टीभित्र आलोचना भएको छ । कतिपयले सोसल मिडियामा दुख पोखेका छन् ।

एमालेबाट टिकट पाउने भाग्यमानि आफ्न्त धेरै छन् । उपाध्यक्ष वामदेव गौतम वर्दिया क्षेत्र १ बाट केन्द्रकोलागि प्रत्यक्ष उमेदवार बनेका छन् । उनकी श्रीमति तुलसी थापाचाहीँ समानुपातिकमा छिन् । जनजाति महिलामा उनको नाम समानुपातिकमा छ ।

माधवकुमार नेपाल आफु काठमाडौं–२ बाट चुनाव लडेका छन् । उनका सम्धी सोमप्रसाद पाण्डे पाल्पा–२ बाट केन्द्रका ेलागि निर्वाचन लड्दै छन् ।

शंकर पोखरेल पाच नम्वर प्रदेशको मुख्य मन्त्रीका दावेदारसहित दाङबाट प्रदेशसभाका लागि चुनाव लड्दै छन् । उनकी श्रीमति शुजिता शाक्य केन्द्रका लागि समानुपातिक सूचिमा छिन् । रधुविर महासेठ धनुषा–४ बाट चुनाव लडेका छन् । उनको पत्नी जुली महतो केन्द्रका लागि समानुपातिक सूचिमा छन् ।

एमालेको निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी आफु समानुपातिक सूचिमा छन् । उनकी बहिनी प्रभा कोइराला पनि समानुपातिक सूचिमै छिन् । प्यासीका ज्वाई विकास लम्सालपनि प्रदेशमा पर्वतको प्रदेशसभा ख बाट चुनाव लड्दै छन् ।

एमालेका कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट निर्वाचन लडेका छन् । उनकी श्रीमति विना श्रेष्ठ केन्द्रको समानुपातिक सूचिमा छिन् ।

सुवास नेम्वाङका इलाम क्षेत्र नं २बाट प्रत्यक्षमा लड्दै छन् । उनका भाइ बसन्त नेम्वाङले प्रदेशमा टिकट पाएका छन् । विजय सुब्वा समानुपातिकमा छन् । सुब्बा नेम्वाङका बहिनी ज्वाईं हुन् ।

एमालेमै जस्तो माओवादीमा पनि आफन्तको जालो नै छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफु चितवन–३बाट चुनाव लडदैछन् । बुहारी बिना मगर क्रचनपुर–१ बाट प्रतिनीधिसभाका लागि चुनाव लड्दै छन् । ज्वाईं जीवन आर्चाय मोरङबाट प्रदेशसभामा चुनाव लडेका छन् । भाई नारायण दाहाल पनि समानुपातिक सूचिमा छन् ।

टिकट बाँडफाँड कार्यदलमा संयोजक बनेका बर्षमान पुन रोल्पाबाट प्रतिनीधिसभाकालागि चुनाव लडेका छन् । उनकी श्रीमिति ओनसरी घर्ती समानुपातिक सूचिमा छन् । बर्षमान पुनकी बहिनी लालकुमारी पुन ललितपुरबाट प्रदेशसभामा चुनाव लड्दैछिन् ।

देब गुरुङ लमजुङबाट प्रतिनीधिसभाका लागि चुनाव लड्दै छन् । उनकी पत्नी यशोदा सुवेदी समानुपातिकमा छिन् । हितमान शाक्य काठमाडौं १० नं क्षेत्रबाट प्रत्यक्षमा लड्दै छन् भने उनकी श्रीमति अमृता थापामगर समानुपातिकमा छिन् ।

शक्ति बस्नेत जाजरकोटबाट चुनाव लड्दै छन् भने पत्नी सत्या पहाडी समानुपातिकमा छिन् ।

तेजप्रसाद ओली रुकुमबाट प्रदेश सभामा लड्दै छन् भने पत्नी जुनकुमारी रोका समानुपातिकमा छिन् । शक्ति बस्नेतकी बहिनी ज्ञानु बस्नेत समानुपातिकमा छिन् ।
जनार्दन शर्मा रुकुमबाट चुनाव लड्दैछन् । भाई अनिल शर्मा काठमाडौं १ बाट चुनाव लडदैछन् ।

पूर्वमन्त्री रेखा शर्मा समानुपातिक सूचिमा छिन् । उनका पति कृष्णध्वज खड्का प्यूठानबाट प्रदेशसभाका लागि चुनाव लड्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप