शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो देखियो तुलसीपुरमा काँग्रेसको चुनावी लहर

शनिबार, १० असार २०७४, १८ : ५६
शनिबार, १० असार २०७४

शरद रेग्मी 

तुलसीपुर (दाङ)– तीन वटा प्रदेशमा असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरु मतदाताको घरघरमा पुगेका छन् । अन्य प्रदेशमा जस्तै प्रदेश नम्बर ५ को दाङस्थित तुल्सीपुरमा पनि विभिन्न दलहरु चुनावी अभियानमा लागिरहेका छन् । 

असारकाबेला वर्षातलाई समेत बेवास्ता गर्दै दलका नेता कार्यकर्ता निर्वाचन प्रचारप्रसारमा जुटिरहेका छन् । शनिवार विहानैदेखि नेपाली कँंग्रेस तुलसीपुरले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको थियो । 

चुनावी अभियानका क्रममा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी गेहेन्द्र गिरी र उपमेयरका उम्मेदवार देवीका नेपाली तथा क्षेत्रीय सभपति जगत खड्का सहितको टोली घरदैलो अभियानमा ब्यस्त छन् । उनीहरुले नगरको विकासका एजेण्डाहरु बोकेका मतदाता सामु पुगेका छन् । 

काँग्रेस उम्मेदवारको टोलीले साविक डुरुवा गाविसका विभिन्न बस्तीका चौतारामा चुनावी अभियानमा सहभागी हुनुका साथ साविक डुरुवाको जनकपुरमा पनि उनीहरुले साक्षात्कार गरेका थिए । 

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका—१३ को रनियापुर,  कचिला र कचिलि लगायतका विभिन्न स्थानहरुमा पनि चुनावी अभियान चलाएका छन् । तुलसीपुर उपमहानगरपालिका—१७ र १६ मा वृहत मोटरसाइकल ¥याली आयोजना गरिएको थियो । अभियानकै क्रममा काँग्रेस कार्यकर्ताहरू मलामीसमेत गएका  थिए । 

त्यस्तै, शान्तिनगर गाउँपालिका, ववइ गाउँपालिका, र दंगिशरण गाउँपालिकामा समेत चुनावी अभियान तीब्र पारिएको नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप