बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सदरमुकाममै सडक हिलाम्मे भएपछि ट्याक्टरमा चुनाव प्रचार

शनिबार, १० असार २०७४, २० : १४
शनिबार, १० असार २०७४

प्रेम सुनार

गुल्मी– चुनावताका नेताहरुले जति भाषण छाँटे पनि र  गुल्मीको दुर्गम गाउँसम्म सडक पुगेर स्तरबृद्धि समेत हुँदै गए पनि सदरमुकाम तम्घास भने बत्तिमुनीको अँध्यारो जस्तै बनेको छ ।
  
सदरमुकाम तम्घास त्यसमाथि रेसुङ्गा नगरपालिका बनेको दुई वर्ष पुगे पनि यहाँका कैयौ भित्री सडकहरुमा एम्वुलेन्स आवजजावत गर्न समेत सक्दैनन् । अर्घाखाँचीको सिमाना नेटादेखि तम्घाससम्म आउने सडक हिलोम्मे र ठाउँ ठाउँमा गाडी फस्ने खाडलहरु भएपछि शनिवार रेसुङ्गा नगरपालिका वडा नम्वर ७ मा नेकपा एमालेले ट्याक्टरमा चढेर ¥याली गरेको थियो ।

एमालेबाट वडा अध्यक्षका उमेदवार मोहनप्रसाद पाण्डेले २० वर्षसम्म कांग्रेसले यहाँ शासन गरेको भन्दै आक्रोश ब्यक्त गर्छन् । सदरमुकाम भित्रै एम्वुलेन्स पुग्ने बाटोसमेत छैन । 

रेसुङ्गा नगरपालिकाको सवै भन्दा नजिकको वडा नम्वर ७ का भुजेलखर्क, वेदुखर्क कुँडापानी लगायतका स्थानका वासिन्दाले २५ वर्ष अघिदेखि खनेको वाटोमा अहिलेसम्म एम्वुलेन्ससम्म आवत जावत गर्न सक्ने अवस्थाको वाटो रहेको भन्दै एमालले कांग्रेसविरुद्ध चुनावी मुद्धा बनाउँदै आएको छ ।

 यता सदरमुकामबाटै प्युठानसम्म जोडिएको सवै भन्दा धेरैपछि खन्न सुरु गरिएको तम्घास खाम्सेपानी, अर्खले हुँदै प्युठान सडक खण्ड भने ग्रावेल विछ्याउन थालिएको छ । पश्चिम क्षेत्र नम्वर ३ तर्फका अधिकांस सडक पनि कतै कालोपत्रे कतै ग्रावेल विछ्याउन थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप