शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोट हाल्ने दिनको पर्खाइमा छन् ९९ वर्षे बुद्धिप्रसाद

एउटै परिवारबाट ६० भोट खस्ने
शनिबार, १० असार २०७४, २० : ४६
शनिबार, १० असार २०७४

एउटै परिवारबाट ६० भोट खस्ने

गुल्मी– गुल्मीका रुरु गाउँपालिका बुद्धिप्रसाद गौतमको  नागरिकतामा कालिन्दारले भुलवस २ वर्ष कम गरेको भनिए पनि उनको चिनाअनुसार उमेर ठ्याक्कै ९९ वर्ष भयो । ९९ वर्षका बुद्धिप्रसाद २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा भोट हाल्ने दिनको पर्खाइमा छन् । 

९९ वर्षको उमेरमा पनि लौरो टेकेर हिड्डुल गर्न सक्ने उनी भन्छन्– ‘भोट हाल्न त जसरी भए पनि जान परो नि ।’  

सय वर्षको  संघारमा पाईला टेक्दै गरेका गौतमले पहिलो पत्नीको मृत्यु भएपछि ४० वर्षको उमेरमा ९ वर्षीया वालिकासँग विवाह गरेका थिए । १४ वर्षको उमेरबाट सन्तान जन्माउन थालेकी उनकी श्रीमतिले दुई वर्षको अन्तरालमा १५ सन्तान जन्माइन् । १५ सन्तान मध्ये ५ जनाको मृत्यु भयो भने अहिले १० सन्तान  छन् ।

उनका जेठा छोरा पनि ६८ वर्षका भइसके । बुद्धिप्रसाद दम्पतिसहित ४ जना छोरा वुहारी, नाति नातिना, ६ जना   छोरीका ज्वाई उनीहरुका छोराछोरी लगायत उनको परिवारका ६० भोट रहेको छ ।  ६० भोट  रहेका छन् । 

साविकको थानापति गाविसमा झण्डै सय मुरी धान र त्यतिनै मात्रमा  कोदो मकै  उव्जेनी गर्ने परिवारमा जन्मिएका गौतमले कहिल्लै राजनीति भने गरेनन् । 

१५ सन्तानको जन्म दिएकी देवीकला पनि स्थानीय तह निर्वाचनको पर्खाइमा छिन् । अझैसम्म निरोगी देवीकला घरधन्दादेखि मेलापातसमेत गर्दै आएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप