मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अर्को किर्तिमानमा रोनाल्डोको आँखा, पोर्चुगल सेमिफाइनलमा

आइतबार, ११ असार २०७४, ०९ : ३०
आइतबार, ११ असार २०७४

रसिया – रसियामा जारी कन्फेडेरेसन्स कपको समूह चरणको अन्तिम खेलमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि व्यक्तिगत गोल संख्या ७५ पुर्याएका छन् ।

योसँगै युरोपको सर्वाधिक गोलकर्ता फेरेङ्क पुस्कासको किर्तिमानबाट रोनाल्डो मात्र ९ गोलले पछि परेका छन् । हंगेरीका पुस्कासले सन् १९४५ र १९५६ को बीचमा आफ्नो देशका लागि ८४ पटक गोल गरेका थिए ।

संगोगले रोनाल्डोजस्तै पुस्कास पनि रियल म्याड्रिडक कै खेलाडी थिए ।

रोनाल्डोसँगै हंगेरीका अर्का खेलाडी सान्डोर कोक्सिसले पनि ७५ नै गोल गरेका छन् ।

शनिबार भएको न्युजिल्याण्डविरुद्धको खेलमा रोनाल्डोले खेलको ३३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

पछिल्ला ४ खेलमा रोनाल्डोले पोर्चुगलका लागि चार गोल गरेका छन् ।

त्यसपछि बर्नान्डो सिल्भा, आन्द्रे सिल्भा र नानीले एक–एक गोल थपेपछि पोर्चुगल ४–० गोलअन्तरले विजयी भयो ।

जीतसँगै समूह ए मा पोर्चुगल शीर्ष स्थानमा रहन सफल भएको छ ।

उता, समूहकै अर्को खेलमा आयोजक रसियालाई २–१ गोलअन्तरले हराउँदै मेक्सिको पनि अर्को चरणमा प्रवेश गरेको छ ।

समूह बीमा चिली र जर्मनीले अन्तिम खेलमा पराजयबाट जोगिए सेमिफाइनलमा प्रवेश गर्नेछ । चिलीले अस्ट्रेलियाको सामना गर्दैछ भने जर्मनी क्यामरुनसँग भिड्दैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप