शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा खटिएका सुरक्षा अधिकारीले उम्मेदवारलाई भने–मैले धेरै माओवादी मारेको छु

आइतबार, ११ असार २०७४, १० : ०८
आइतबार, ११ असार २०७४

डोटी – चुनावमा सुरक्षा अधिकारीको काम सुरक्षा व्यवस्था मिलाउने हो । तर, डोटीबाट यस्तो खवर आएको छ, जसले सुरक्षा अधिकारीको भूमिका माथि प्रश्न उठाउने ठाउँ दिएको छ ।
डोटीको बड्डी केदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र शसस्त्र प्रहरीका ईन्सपेक्टरले माओवादी केन्द्रका उम्मेदवार जंग बिकलाई धम्काएको आरोप लागेको छ । घटना मंगलवार साँझको हो । ढिला गरी समाचार बाहिर आएको छ ।
मंगलवार साँझ नेपाली सेनाका क्याप्टेन र शसस्त्र प्रहरी बलका ईन्सपेक्टर धन सिंह महराले माओबादी केन्द्रका गाउँपालिका अध्यक्षका उम्मेदवार जंग बिकलाई धम्की दिएको आरोप लागेको छ ।
बर्छैनमा रहेको राजु गेष्ट हाउसमा बसेका उम्मेदवारलाई सिपाही लगाएर मिाथल्लो तहमा बोलाइएको र धम्काएको बिकले बताए । जंगले भने ‘उनीहरुले माथि बोलाए । मदिरा पनि सेवन गरेका थिए । शसस्त्रका महराले आफु जनयुद्धको पनि सफल कमाण्डर भएको, धेरै माओवादी मारेको र यहाँ पनि सफल हुन्छु भनेका थिए ।’
त्यसबेला छेउमै बसेका सेनाका क्याप्टेनले पनि महरालाई साथ दिएका थिए ।
विकले सुरक्षा अधिकारीको धम्की संवेदनशिल भएको बताएका छन् । यसलाई आफुहरुले गंभीरतापूवर्क लिएको र यसमा सरकारले चासो दिनु पर्ने बताए ।
सुरक्षा अधिकारीको धम्कीपछि माओवादी कार्यकर्ताले उनीहरुलाई कारवाही गर्न माग गरेका छन् ।
उक्त घटना बारे आफुलाई पनि प्रारम्भिक जानकारी प्राप्त भएको शसस्त्र प्रहरी बलबाट डोटीको नेतृत्व गरिरहेका डिएसपी दीपक कुँवरले बताए । कँवरले रातोपाटीसँग कुरा गर्र्दै भने ‘घटना भएको हामीलाई पनि जानकारी प्राप्त भएको छ, छानविनका लागि डिएसपी सापको नेतृत्वमा बडीमालीका गुल्म अत्तरियाबाट टोली आउने भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप