बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ नवलपरासीमा चुनावी अंकगणीत

आइतबार, ११ असार २०७४, १० : १३
आइतबार, ११ असार २०७४

परासी – नवलपरासीमा चुनावी सरगर्मी बढदै जाँदा यहाँका उम्मेदवारहरु चुनाव आफनो पक्षमा पार्न विभिन्न सुत्र अपनाएका छन् । उम्मेदवारहरु आफनो चुनावी एजेण्डा लिएर मतदाताको घरदैलो तथा खेतखेतमै पुगेर भोट मागी रहेका छन् । उम्मेदवारहरु आ–आफनो तहमा भौतिक, आर्थिक र सामाजिक विकासका लागि विभिन्न आश्वासन बाँड्दै मतदाताहरुलाई आकर्षित गर्न खोजिरहेका छन् ।

जिल्लाको परासी क्षेत्रमा ३ नगरपालिका र ४ गाउँपालिमा दोश्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचन क्षेत्र नं. ४, ५ र ६ मा गरी ७ वटा तहमा निर्वाच हुँदैछ । सुनवल र बर्दघाट नगरपालिका जिल्लाको राजमार्ग क्षेत्रमा पर्दछन् भने रामग्राम नगरपालिका, पाल्हीनन्दन, सरावल, प्रतापुर र सुस्ता गाउँपालिका राजमार्गभन्दा दक्षिणी क्षेत्रमा पर्दछन् ।

७ वटै तहको चुनावी गणित

सुनवल नगरपालिकामा नेपाली काङ्ग्रेस, नेकपा एमाले, र माओवादी केन्द्र गरी त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सुनवलमा नगरपालिकामा साविक रामनगर गाविस र अमरौड गाविसको केहि वडा मिसाएर सुनवल नगरपालिका कायम गरिएको छ । सुनवल नगरपालिका निर्वाचन क्षेत्र नं. ४ मा पर्दछ । निर्वाचन क्षेत्र नं. ४ नेपाली काङ्ग्रेसको पकड भएको क्षेत्र मानिन्छ । विगत लामो समयदेखि निर्वाचन क्षेत्र नं. ४ मा काङ्ग्रेसले नै किला गाड्दै आएको कारण यस पटक नगरपालिकामा पनि काङ्ग्रेसले नै बाजी मार्ने सम्भावना बढेको स्थानीयले मूल्याङ्कन गरेको बताए ।

नगरमा काङ्ग्रेसको मेयरका उम्मेदवार भिम बहादुर थापा क्षेत्री रहेका छन् । थापा हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य र काङ्ग्रेसको महासमिति सदस्य पनि हुन् । थापा नगरमा नितान्त सामाजिक क्षेत्रमा क्रियाशिल भई काम गर्दै आएका छन् भने विकास निर्माणका काममा पनि सहयोग पु¥याउदै आएका छन् । 

त्यस्तै, रामग्राम नगरपालिका पनि निर्वाचन क्षेत्र नं. ४ मै पर्ने हुँदा काङ्ग्रेसकै गढ भएको नगरको रुपमा लिइएको छ । यस नगरमा मधेशी जनताहरुको बढी बसोबास रहेको हुँदा यहाँ मधेशवादी दल नेकपा एमाले र माओबादी केन्द्र भन्दा बलियो छ । त्यसकारण नगरमा काङ्ग्रेसको मुख्य प्रतिस्पर्धी नगरमा फोरम नेपाल, फोरम लोकतान्त्रिक र नयाँशक्ति नेपालको गठबन्धनसंग हुने देखिएको छ । यद्यपि राजपा चुनावमा भाग लिएको छैन । गबन्धनलाई राजपाको समर्थन छैन ।
 
अर्काे नगरपालिका बर्दघाटमा काङ्ग्रेस र एमालेको प्रतिस्पर्धा हुने देखिएको छ । बर्दघाटन निर्वाचन क्षेत्र नं. ५ मा पर्दछ । ५ नं. निर्वाचनमा नेपाली काङ्ग्रेसकै सांसाद विक्रम खनाल गत संविधान सभाको निर्वाचनबाट जितेका छन् । ५ नम्बर निर्वाचन क्षेत्र पनि काङ्ग्रेसकै पकड भएको क्षेत्र हो । यस नगरमा काङ्ग्रेस र एमालेको ५०÷५० प्रतिशत मतदाताहरु रहेको अनुमान गरिएको छ जसकार यस नगरम यी दुईटैको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बाँकी जिल्लाको ४ गाउँपालिकाहरु पनि काङ्ग्रेसकै पकड भएको क्षेत्रमा पर्दछन् । पाल्हीनन्दन सरावल नगरपालिका निर्वाचन क्षेत्र नं. ५ मा पर्दछन् भने प्रतापपुर र सुस्ता गाउँपालिका निर्वाचन क्षेत्र नंं ६ मा पर्दछन् । जिल्लाबाट निर्वाचन क्षेत्र ५ र ६ बाट काङ्ग्रेसकै उम्मेदवार जितेका थिए । ग्रामिण क्षेत्रका यी ४ वटै गाउँपालिकामा एमाले र माओवादीको खासै भोट छैन । यि गाउँपालिकाहरुमा काङ्ग्रेस र राजपको प्रतिस्पर्धा हुने थियो तर राजपा चुनावभन्दा बाहिर रहेको छ । 

जिल्लाको ७ वटै तहमा काङ्ग्रेस बलियो छ । यि ७ वटै तह काङ्ग्रेसले आफनो पक्ष्मा ल्याउन निकै कसरतमा जुटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप