शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इलामका मेयरका प्रत्यासी हिमालय कर्माचार्य भन्छन्, ‘पाँच वर्षमा समृद्ध हरित नगर’

आइतबार, ११ असार २०७४, १० : २९
आइतबार, ११ असार २०७४

इलाम – पूर्वी जिल्ला इलामको इलाम नगरपालिकामा चुनावी अभियान उत्कर्षमा छ । विभिन्न दलका कार्यकर्ता स्थानीय मतदाताको घर घरमा पुगेर मत मागिरहेका छन् । नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसपटक दुवै पार्टीबाट पहिले नै मेयरमा निर्वाचित भइसकेकाहरुलाई उम्मेदवारको रुपमा खडा गरेको कारण प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

यसैबीच इलाममा इलाम नगरपालिकामा मेयर पदका उम्मेदवार हिमालय कर्माचार्य भने नेपाली काङ्ग्रेसको लहर नै चलेको दाबी गर्छन् । ‘इलाम नगरपालिकाका १० वटा वडामा सवै पदमा हाम्रो जित निश्चित छ,’ कर्माचार्यले भने, ‘अन्य दुइ वटा वडामा पनि साथीहरु लागि राख्नुभएको छ निर्वाचनको दिनसम्ममा माहोल हाम्रो पक्षमा हुने सुनिश्चित छ ।’

नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका कर्माचार्य लामोसमयदेखि पार्टीमा संघर्षशील, जुझारु र अनुभवी नेता मानिन्छन् । संविधानसभा निर्वाचनमा इलामको क्षेत्र न १ मा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसंग प्रतिस्पर्धा गरेका थिए ।

इलाम नगरपालिकालाई पाँच बर्षमा समृद्ध हरित नगर बनाउने योजना अघि ल्याउनुभएका मेयर उम्मेद्वार कर्माचार्य भन्छन्,  ‘सबै दृष्टिले समृद्ध नगर बनाउने मेरो योजना छ ।’ 

उनी थप्छन्, ‘काङ्ग्रेसको नेतृत्वमा जसरी शान्ति र संविधान आयो, संविधानको कार्यान्वयन गर्दै विकास र समृद्धिको शिखर चढ्न काङ्ग्रेसको विकल्प छैन । इलामेली जनताहरु काङ्ग्रेसलाई विजयी बनाउन आतुर छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप