बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसद महिन लिम्बुको निधन

आइतबार, ११ असार २०७४, १० : ३७
आइतबार, ११ असार २०७४

काठमाडौँ – नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको शनिबार निधन भएको छ । अर्बुद रोगका कारण हिजो राती धरानमा लिम्बुको निधन भएको पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

धनकुटास्थित साविकको बुढीमोरङ गाविस– २, तुमबारीमा लिम्बुको विक्रम् सम्बत् २०१४ चैत ११ गते जन्म भएको थियो ०४९ सालमा उक्त गाविसको उपाध्यक्ष र ०५४ सालमा अध्यक्ष निर्वाचित भएकी लिम्बुले ०५५ सालमा गाविस राष्ट्रिय महासंघको अध्यक्ष निर्वाचित भएकी थिइन् ।

०५३ देखि ०६१ सालसम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र ०६२ सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गरेकी लिम्बु ०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्य र ०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

उनी ०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । अखिल नेपाल महिला संघका विभिन्न कमिटीहरुमा रहेर काम गरेकी कमरेड महिनले केन्द्रीय कमिटीको सचिव भएर पनि काम गरेकी थिइन् ।

पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले आजै विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिएका छन्छ । उनको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टी गर्ने कार्यक्रम छ ।

लिम्बुका दुई छोरा एक छोरी छन् ।

उता, डडेल्धुरा जिल्लाको पर्शुराम नगर कमिटी एमालेका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम नगरपालिका– ११ मा आयोजित आमसभालाई सम्बोधन गर्दैगर्दा हृदयघातबाट निधन भएको छ ।

 कार्यक्रममा बोल्दाबोल्दै ढलेपछि उनलाई उपचारका लागि डोटीको बोडरस्थित प्राथमिक स्वास्थ चौकीमा पु¥याइएको थियो । 
उनका चार छोरा र दुई छोरी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप