शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्युठानमा माओवादी केन्द्रीय सदस्य एमालेमा

आइतबार, ११ असार २०७४, १० : ४९
आइतबार, ११ असार २०७४

प्यूठान – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव पौडेल एमालेमा प्रवेश गरेका छन् ।


माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानी प्यूठान निवासी पौडेललाई एमाले केन्द्रिय सदस्य, प्रचार विभाग उपप्रमुख एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले स्वागत गरेर प्रवेश गराएका हुन् । 


माण्डवी गाउँपालिकाको शनिवार नयाँगाउँस्थित जस्पुरमा आयोजित चुनावी सभामा थापाले पौडेललाई प्रवेश गराए । 


झण्डै २० वर्ष माओवादी केन्द्रमा रहेर राजनीति जीवनमा क्रियाशिल रहेका पौडेलले एमालेको नीति, विचार र राष्ट्रियताप्रतिको अडानलाई मन पराएर एमाले परिवारमा प्रवेश गरेको प्रतिक्रिया दिए । 

पछिल्लो समय माओवादी केन्द्र ‘बन्दाकोपी’ जस्तै भएको समेत उनले संज्ञा दिए । ‘माओवादी केन्द्र बन्दाकोपीको पात जस्तै भयो’, पौडेलले भने, ‘एउटा पात निकाल्यो अर्को पात आउँछ । अर्को निकाल्यो अर्को आउँछ । अन्तिममा केही पनि हुँदैन ।’ 


कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी एमाले नेता सूर्य थापाले माओवादी नेता पौडेलले सही समयमा सही निर्णय गरेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप