शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले ५६ प्रतिशत जित्ने माधव नेपालको दाबी

आइतबार, ११ असार २०७४, ११ : ०३
आइतबार, ११ असार २०७४

टंक कुवँर


धनगढी–नेकपा एमालेका नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ५६ प्रतिशत जित्ने दाबी गरेका छन् ।

 प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् ।


पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारका गतिविधि प्रष्ट नहुनाले जनतामा विचलन आई नेकपा एमालेलाई अत्यधिक मत दिएर पहिलो पार्टी बनाउने दाबी गरे ।
संसारका कुनैपनि निर्वाचनहरु एउटै मितिमा हुने गरेको प्रष्ट पार्दै नेता नेपालले भने –नेपालमा यो वा त्यो बहानामा मिति सार्नु गलत थियो । जनता प्रष्ट भइसकेका छन् देशभक्तिको भावना र राष्ट्रियताप्रति जवाफदेहिता नभएका पार्टीलाई अब जनता भोट दिदैनन्  । उनीहरुले चुनावमा जित्छु भन्ने हेक्का नराख्दा हुन्छ ।


‘नेकपा एमाले कटिवद्ध भएर नउभिएको भए अहिलेसम्म सरकारमा रहेका पार्टीले संविधान शंसोधन गरी एक मधेश एक प्रदेश स्थापना गरी देशको राष्ट्रियता धरापमा पारिसक्थे’  नेता नेपालले थपे । 


उनले मधेशका जायज मागमा नेकपा एमाले कटिबद्ध भएर लागेको समेत उल्लेख गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप