बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो बनाए गीतकार भोला रिजालका छोरा कपिलले भिडियो

आइतबार, ११ असार २०७४, ११ : ०६
आइतबार, ११ असार २०७४

काठमाडौं – चर्चित गीतकार डा. भोला रिजालका छोरा कपिल रिजाल पनि कलाकारितामा देखिएका छन् । उनी म्युजिक भिडियो निर्देशन बिधामा  क्रियासिल छन् ।
दन्त चिकित्सक समेत रहेका रिजाल निर्देशित ‘मेरो मनमा’ बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक–गायिका शर्मिला बर्देवा र सपनकुमार राईको स्वर रहेको यो गीतको भिडियोमा अन्जु बस्नेत र टंक धमलाको धमाकेदार रोमान्सलाई देख्न सकिन्छ ।
बेलायतको ग्रामीण भेग कन्ट्री साइड वरपरका रमणीय स्थानमा छायांकन गरिएको भिडियोले किशोरावस्थाको प्रेमी जोडीले देखाउने प्रेम देखाउन खोजिएको छ । 
भिडियोमा कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ । किरण कँडेलको एरेन्ज रहेको गीतमा शेखर सन्तोषको संगीत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप