बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आज राति १२ बजेदेखि मौन अवधि, फेसबुकमार्फत पनि चुनावी प्रचार गर्न निषेध

आइतबार, ११ असार २०७४, ११ : ५५
आइतबार, ११ असार २०७४

काठमाडौ– दोस्रो चरणमा असार १४ गते १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । 


स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको  छ । निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।


निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने आयोगले जनाएको छ । 


यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुनेमा समेत आयोगले सचेत गराएको छ । 


सोही निर्देशिकाको दफा ७० मा प्रचार–प्रसार गर्न वा शान्ति भङ्ग गर्न निषेध गरिएको छ । सोही दफाको (१) मा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप