शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावले मालामाल : १५ दिनमा ५ लाख आम्दानी

आइतबार, ११ असार २०७४, १२ : ०४
आइतबार, ११ असार २०७४

नवलपरासी – नवलपरासीको सुनवलका २२ बर्षिय सुमन नेपाली नसुतेको एक साता भैसक्यो । २० बर्षपछि हुन लागेको स्थानीय निर्वाचनले छोएपछि उनले दिनरात समेत भन्न पाएका छैनन् । सुमन नेपाली कुनै पार्टीको प्रचारप्रचार या भोट माग्न जानु परेर सुत्न नपाएका भने होइनन् । झण्डै १५ बर्षदेखि पेन्टिङको काम गर्दै आएका सुमनले यो पटक व्यस्तता बढेसँगै आम्दानी पनि नसोचेकै गर्न सफल भएका छन् ।


आठ बर्षअघि सुनवल नगरपालिका चोकमा राजेन्द्र आर्ट खोलेर आफैले व्यवसाय थालेका सुनमनलाई अन्य समयमा भन्दा चुनावका समयमा धेरै काम आउने भएकाले भ्याइनभ्याइ भएको हो । ‘अहिले काम पनि धेरै आयो, कमाई पनि राम्रै भयो । चुनाव लागेपछि खान र सुत्ने त ठेगान नै छैन ।’  रातोपाटीको टोली उनको आर्ट सेन्टरमा आईतबार पुग्दा उनी आफ्ना दुई सहयोगिका साथ विभिन्न पार्टीका चुनावी सामाग्री तयार गर्न व्यस्त थिए । पार्टीका झण्डा, स्टिकर, होडिङ बोर्ड, र अन्य पेन्टिङका कामको लिष्ट देखाउदै भने ‘आज चुनाव प्रचारप्रसाको अन्तिम दिन धेरै काम गर्नुछ सवैले विश्वास गरेर काम दिएका छन् ।’ 


१५ दिनमा ५ लाख आम्दानी


सुमन नेपालीले विगत १५ दिनमा आफ्नो व्यवसायबाट सवै खर्च कटाएर ५ लाख चोखो आम्दानी गरेका छन् । सटर भाडा, काम गर्नेलाई कमिशन छुट्याएर ५ लाख आम्दानी भयो । यो आम्दानी मैले काम शुरु गरेपछिको धेरै हो । एकै पटक यसरी आम्दानी भएको थिएन । अन्य बेला सामान्य आम्दानी गरेर गुजार चलाएका सुमनले यो पटक राम्रै आम्दानी भएपछि आफ्नो पसल विस्तार गर्ने योजना बनाएका छन् । 


यो विचमा उनले धेरैजसो कांग्रेसका झण्डा बनाएका छन् । दोस्रोमा एमाले र तेसा्रेमा फोरम नेपाल र नयाँ शक्ति पार्टीका चुनावी सामाग्री तयार गरेको उनले बताए । फरक फर सामनको फरकर फरक मुल्य लिने गरे्को उनले बताए । भने ‘ कुनै पनि सामान्को २० रुपैयाँ देखि ५०० रुपैयाँसम्मका सामग्री तयार गर्नुपर्छ, तिनिहरुको छुटटाछुटै मुल्य हुन्छ । ’


पढाइ भन्दा मेहनत ठूलो 


सुमनले मस्टर गरेकाहरु पनि बेरोजगार भएर बसेको देखेका छन् । तर, उनि भन्छन् ‘मेहनत सवैभन्दा ठुलो हो’  १२ कक्षामा पढ्दै गरेका उनि सानै उमेरबाट पेन्टिङमा रुचि राख्थे । त्यहि रुचिका कारण उनलाई आज सफल पेन्टर बनायो । भन्छन्– ‘म ५–६ बर्षको उमेरबाटै पेन्टिङप्रति रुचि राख्थे । छेवैका पेन्टर पसलमा आएर हेर्थे । अलि ठुलो सातआठ बर्षको भएपछि काम नै गर्न थाले । विस्तारै काम सिकेपछि मैले आफै आर्ट सेन्टर किनेर चलाउन थाले ।’


कच्चा पदार्थ अभाव 


त्यसो त सुमनले व्यवसाय सञ्चालनका क्रममा आम्दानीसँगै समस्या पनि भोगेका छन् ।


चुनावका बेला धेरै कच्चा पदार्थ आवाश्यक पर्ने भएपनि भनेजति नपाएको उनको गुनासो छ । कच्चापदार्थ नपाउनेमात्र होइन, महंगो मूल्य पनि तिर्नुपर्छ । भन्छन् – अहिले रङ, स्टिकर जस्ता सामाग्री सर्टेज छ सय एमएल रङको अरुवेला एकसय २० मा पाइएपनि अहिले एकसय ६० देखि २ सयसम्म तिर्नुपरेको छ र पनि भनेजति पाइदैन ।’ कच्चा पदार्थ किन्न बुटवल र भैरहवासम्म जानुपर्ने भएकाले पनि महंगो पर्ने उनको अनुभव छ । 


थोरैलाई भएपनि रोजगारी


सुमनले आफुसँगै २ जनालाई नियमित रोजगारी दिएका छन् । कामका बेला त दैनिक सात जनासम्मले काम पाएका छन् । यसरी काम गर्नेहरुलाई उनले प्रतिशतका आधारमा कमिशन दिन्छन् । कति तलव दिनुहुन्छ काम गर्नेलार्य भन्ने हाम्रो प्रश्नमा उनले भने ‘काम गर्नेलाई १० प्रतिशत दिन्छु । जति धेरै काम गर्छ उति धेरै कमाउँछ त्यसैले उसलाई कामप्रति थप जिम्मेवार बन्ने अवसर पनि हुन्छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप