मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हाकुमा पहिरो

आइतबार, ११ असार २०७४, १२ : २८
आइतबार, ११ असार २०७४

रसुवा  शनिबार रातिको वर्षासँगै आएको पहिराले ठूलो र सानु हाकु बीच भागमा पहिरो गएको छ । 
पार्वतीकुण्ड गाउँपालिकाको भूभागमा रहेको हाकु क्षेत्रमा केही खेतीयोग्य जमिनमा मात्र क्षति पुगेको गाउँपालिकाले जनाएको छ । वर्षासँगैको भलले भूकम्पबाट भत्केका पहाडको ढुङ्गामाटो बगाउँदा मकै तथा आलुबालीमा क्षति पुगेको बताइएको छ ।

 

धुन्चेमा प्रवेशद्वार निर्माण

आन्तरिक एवम् बाह्य पर्यटकलाई थप रौनकता दिन धुन्चेमा नयाँ प्रवेशद्वार निर्माण गरिएको छ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नवनिर्मित प्रवेशद्वारमा रातो पान्डा, हिमचितुवा, कस्तुरी, मृगलगायत समग्र जैविक विविधता झल्काउने चित्रहरु राखिनेछ ।  लाङटाङ राष्ट्रिय निकुञ्ज र संरक्षणमा सहयोगी संस्था मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्ल्युडब्ल्युएफको सहकार्यबाट रु आठ लाखको लागतमा भूकम्प प्रतिरोधी प्रवेशद्वार निर्माण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप