बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुन पाँच किशोरीलाई पाले, उनीहरुमाथि ७ सय २९ पटक बलात्कार !

आइतबार, ११ असार २०७४, १२ : २९
आइतबार, ११ असार २०७४

द इन्डिपेन्डेन्ट

रुसमा एक व्यक्तिमाथि ७ सय २९ पटक बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि पाँच किशोरीलाई पालेर हुर्काएको र हरेक दिन बलात्कार गरेको आरोप छ । यी सबै किशोरी १७ वर्षमा छन् । स्थानीय मिडियाका अनुसार सबै पीडित अनाथ हुन् । उनीहरुलाई सरकारी योजना अनुसार अनाथालयबाट यी व्यक्तिलाई सुम्पिइयो । आरोपीले उनीहरुको पालनपोषणको जिम्मेवारी लिएका थिए जसका कारण उनलाई सरकारले रकमसमेत उपलब्ध गराएको थियो ।

आरोपीले पाँच वर्षमा यी किशोरीसँग ७ सय २९ पटक बलात्कार गरेको आरोप छ । रुसमा बलात्कारको दोषी पाइएमा अधिकतम १५ वर्षको जेल सजायँको प्रावधान छ ।

यी पाँचमध्ये एक किशोरीले आफूमाथि भइरहेको घटनाबारे स्कूलका शिक्षकलाई बताएपछि यसबारे पर्दाफास भएको हो । शिक्षकको उजुरीपश्चात् यस विषयमा अनुसन्धान सुरु भएको हो । कानूनी कारणले पुलिसले अहिले आरोपीको नाम सार्वजनिक गरेको छैन । उनीविरुद्ध ७ सय २९ पटक बलात्कार गरेको भिन्न भिन्न मुद्दा दर्ता भएका छन् । उनलाई पक्राउ गरिएको छ । पुलिसका अनुसार आरोपीले  ५ मध्ये ४ किशोरीलाई दैनिक आफूसँग यौनसम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाउँथे ।

एक अनुसन्धान अधिकारीले भने, ‘अनुसन्धानका अनुसार सन् २०१२ को सेप्टेम्बर देखि सन् २०१७ फेब्रुअरीका बिच पाँच पीडित युवतीलाई उनले गम्भीर शारिरिक शोषण गरे । अनुसन्धानकर्ताको अपिलपश्चात् अदालतले आरोपीलाई पक्राउ गर्ने आदेश दिए । आरोपीलाई एक अनाथालयबाट बालगृह पठाइएको थियो । आरोपीले उनीहरुको पालन–पोषणको जिम्मेवारी लिए र उनीहरुको अभिभावक बने । ’

साइबेरियन टाइम्सका अनुसार सरकारले ती किशोरीको हेरबिचारका लागि आरोपीलाई हरेक महिना प्रत्येकका लागि २ सय ६५ पाउन्ड (३५ हजार रुपैयाँ) उपलब्ध गराउँथ्यो ।

यसका साथै, स्थानीय बाल कल्याण विभागमाथि यी किशोरीको विषयमा लापरवाही अपनाएको आरोप छ । विभागविरुद्ध पनि अनुसन्धान भइरहेको छ । विभागले ५ जवान किशोरीलाई एक्लो पुरुषको कसरी जिम्मेवारी सुम्पियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताइएको छ ।

अर्को एक रिपोर्टले दाबी गरे अनुसार ती व्यक्ति पहिले एक महिलासँग बस्दथे जसले तीन बालकको जिम्मेवारी लिएकी थिइन् भने ती तीन किशोरी उनको नाममा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप