मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका प्रमुख हत्याउन काका–भतिजको लडाईँ

आइतबार, ११ असार २०७४, १२ : ३४
आइतबार, ११ असार २०७४

नवलपरासी – नवलपारासीको बेलासपुर पाल्हिनन्दन गाउँपालिकामा राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार आक्रमक बनाएका छन् । घरदैलो, चुनावी सभामा जुटेका राजनीतिक दलहरु सकेसम्म आज धेरै स्थानमा चुनावी कार्यक्रम सम्पन्न गर्ने चटारोमा लागेका छन् ।

आइतबार मध्यरातबाट मौन अबधि सुरु हुने भएकाले पनि सवैजसो राजनीतिक दलहरुले अन्तिम दिनलाई सदुपयोग गर्दै आफ्नो चुनावी प्रसारलाई आक्राकम र प्रभावकारी बनाएका हुन् । नेपाली कांग्रेसको पकड क्षेत्र मानिने यो  गाउँपालिकामा यस पटक भने कांग्रेसलाई आफ्नो अस्तित्व जोगाउन निकै कठिन हुने केहीको आक्लन भएपनि केहीले कांग्रेसले नै पकड जमाउने बताएका छन् । 


१८ हजार नौ सय ४७ मतदाता रहेको यो गाउपालिकामा काका भतिज छुटटाछुटै पार्टीबाट प्रमुख पदमा चुनाव लडदैछन् । माओवादी केन्द्रका तर्फबाट गाउपालिका प्रमुखमा चुनाव लडेका दिपक गुप्ता काका हुन भने एमालेका तर्फबाट भतिज सुरेश गुप्ता लडेका छन् ।  त्यस्तै यो गाउपालिकाको उपप्रमुखमा माओवादीको तर्फबाट अष्टभुजि चौधरी उपाध्यक्षकी उम्मेदवार बनेकी छन ।  उता मधेसी जनअधिकार फोरमबाट धर्मेन्द्र झाले गापा प्रमुखमा उम्मेदवारी दिएका छन् ।  पुरानो विरासत जोगाउने अभियानमा लागेको कांग्रेसले भने यो गाउपालिका प्रमुखमा राजेन्द्र सहानी र उपप्रमुखमा सावित्रि कोहारलाई उम्मेदवार बनाएको छ । 


नवलपरासी क्षत्र नंम्बर ५ मा पर्ने यो गाउपालिका कांग्रेसका सांसद विक्रम खनालको क्षेत्र हो । गत ५४ सालको स्थानीय निर्वाचनमा समेत कांग्रसले पकड जमाएको यो गाउपालिकमा यसपटक पनि कांग्रेसले नै आफ्नो जित कायम राख्ने स्थानीयको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप