शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा नेता हृदेयश त्रिपाठीको जिल्ला नवलपरासीमा यस्तो चुनावी भीडन्त

आइतबार, ११ असार २०७४, १२ : ४१
आइतबार, ११ असार २०७४

नवलपरासी – राजपाले चुनावमा भाग लिएको छैन । नवलपरासी राजपा नेता हृदेयश त्रिपाठीको गृहजिल्ला हो । गृहजिल्ला त्रिपाठीको हो । तर, लडाईं अरु पाटीको छ ।


नवलपरासी जिल्लामा दोस्रो चरणमा तीन नगरपालिका र ४ गाउँपालिकामा हुने स्थानीय तह निर्वाचनमा रोचक भिडन्त हुने भएको छ । जिल्लाका सुनवल, रामग्राम र बर्दघाट तीनवटा नगरपालिकामा प्रमुख तीन राजनीतिक दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ भने कतै चारपक्षीय भीडन्त हुने भएको छ ।


कांग्रेस, एमाले र माओवादी बाहेक जनमोर्चा, नयाँ शक्ति, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतका राजनीतिक दलहरुको समेत उपस्थिति राम्रो भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा कतै त्रिपक्षिय त कतै चारपक्षिय प्रतिश्पर्धा हुने भएको हो ।


सुनवल नगरपालिका – यो नगरपालिकामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र जनमोर्चा र नयाँ शक्ति पार्टीले प्रमख पदमा उम्मेदवारी दिएका छन् । जसमा कांग्रेसका भीमबहादुर थापा, एमालेका विमला अर्याल, माओवादी केन्द्रका डोलराज भण्डारीले उम्मेदवारी प्रतिस्पर्धामा छन् । त्यस्तै जनमोर्चा र नयाँ शक्तिका जितबहादुर र सुनिता काफ्लेले पनि उनीहरलाई चुनौति दिइरहेका छन् । यो नगरपालिकामा कांग्रेस, एमाले र माओवादीवीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।


रामग्राम नगरपालिका –ऐतिहासिक नगरपालिकाका रुपमा रहेको रामग्राममा भने चारपक्षीय चुनावी भिडन्त हुने देखिएको छ । जसमा कांग्रेस एमाले र माओवादी छुटाछुटै चुनाव लडेका छन् भने संघीय समाजबादी, फोरम लोकतान्त्रिक र नयाँ शक्तिबीच चुनावी समिकरण बनेको छ ।


बर्दघाट नगरपालिका –यहाँ दुई पक्षीय भीडन्त छ । काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएकोछ । यहाँ काँग्रेसबाट विश्वबन्धु पाठक, एमालेबाट धीरज शर्मा र माओवादी केन्द्रबाट प्रकाश उपाध्याय मेयरका लापग चुनावी मैदानमा छ ।
 
यसवाहेक गाउँपालिकामा पनि चुनावी भीडन्त रोचक छ ।
सुस्ता गाँउपालिका–नारायणी पारीको सुस्तामा काँग्रेस र माअ‍ोवादीबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ काँग्रेसका मजमुद्दिन खाँ। एमालेका रामप्रसाद पाण्डे र माओवादी केन्द्रका दीर्धराज पोखरेल प्रमुखका लागि मैदानमा उत्रेका छन् ।


सराहवता गाउँपालिका :  भित्री मधेशको यो गाउँपालिकामा काँग्रेस अरु पार्टी भन्दा अगाडि छ । यहाँ काँग्रेसबाट प्रदीप अग्रहरी, एमालेबाट प्रल्हाद पासी र माओवादी केन्द्रबाट तुलसी चौधरी प्रमुखका लागि चुनावी दौडमा छन् ।


प्रतापपुर गाउँपालिका :  यहाँ दलहरुबीच त्रिपक्षीय भिडन्त छ । काँग्रेसबाट राजकुमार शर्मा, एमाले यदुनाथ गुप्ता र माओवादी केन्द्रबाट सुदामा कोइरी प्रमुखका लागि चुनावी मैदानमा छन् ।


पालीनन्दन गाउँपालिका :  यो गाउँपालिकामा तीन पक्षीय भीडन्त देखिएको छ । काँग्रेस, माओवादी र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा हुँदैछ । यहाँ काँग्रेसबाट राजेन्द्र महतो, एमालेबाट सुरशे तेली, माअ‍ोवादी केन्द्रबाट दीपक गुप्ता तथा संघीय समाजवादी र नयाँ शक्ति गठबन्धनबाट धरेन्द्र यादव चुनावी मैदानमा छन् । गठबन्धनसहितका आफ्ना उम्मेदवार जिताउन नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराई चुनावीप्रचारमा नवलपरासी पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप