शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघमा असन्तुष्टि, पूर्व महासचिवले निकाले यस्तो विज्ञप्ती

आइतबार, ११ असार २०७४, १२ : ५१
आइतबार, ११ असार २०७४

काठमाडौं– नेपाल पत्रकार महासंघका पूर्वमहासचिव एव्म सल्लाहकार पोषण केसीले बैशाख २० गतेपछि महासंघले गरेका निर्णयमा आफ्नो असहमति रहेको बताएका छन् । केसीले आज विज्ञप्ती निकाल्दै विधान विपरित विभिन्न बहानामा पटक–पटक महाधिवेशन तिथि सार्दै आप्mनो कार्यकाल लम्ब्याउने निर्णयप्रति पनि गंभीर असहमति जनाएका छन् । 
‘वर्तमान कार्य समितिको वैधानिकता समाप्त भएको गत वैशाख २० गतेपछि भएका हरेक निर्णयमा आप्mनो सहमति नभएको जानकारी गराउँदछु ।’ केसीको विज्ञप्तीमा छ, ‘साथै वर्तमान कार्य समितिको वैधानिकताभित्रै गत २०७३ चैतमा नगरकोटमा सम्पन्न महासंघको अन्तिम बैठकले गठन गरेको केन्द्रीय निर्वाचन समितिलाई यथासक्य चाँडो आसन्न पच्चिसौँ महाधिवेशन सम्पन्न गर्न जिम्मा दिई विधानतः आप्mनो कार्यकाल समाप्त भएको स्वतः घोषणा गरि पदलोलुपता प्रदर्शन नगर्न पनि सल्लाहकारको रुपमा वर्तमान नेतृत्वलाई आग्रह गर्दछु ।’ 
केसीले आफ्नो विज्ञप्तीमा महासंघको वर्तमान नेतृत्वले विभिन्न वहाना देखाएर तोकिएको समयमा महाधिवेशन नगरि विधान विपरित आप्mनो कार्यकाल बढाउने हास्यांस्पद निर्णय गरेको देख्दा उदेयक लागेका बताएका छन् । उनले अहिलेको नेतृत्व आफु अनुकूल सदस्यता वितरण लगायत शाखा अधिवेशनहरुमा सदस्यता प्राप्त पत्रकारहरुलाई समेत अधिवेशबाट वञ्चित गराउने जस्ता असोभनिय कार्यबाट सर्वाधिक विवादित र आलोचित बन्न पुगेको पनि दावी गरेका छन् । 
३ वर्ष भित्र अधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतालाई समेत अहिलेको नेतृत्वले लत्ताएको केसीको आरोप छ । ‘महासंघको संघर्षपूर्ण गौरवमय इतिहासको स्थापित मान्यता र परम्पराका साथै ३ वर्ष भित्र अधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतालाई समेत लत्याउदै वर्तमान नेतृत्वले गरेको गैर जिम्मेवारीपूर्ण र गलत निर्णयलाइ कदापी उचित मान्न सकिदैन ।’ उनको विज्ञप्तीमा छ, ‘यि र यस्तै अनुचित र अशोभनिय क्रियाकलापको कारण महासंघका एक जना पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारले समेत महासंघको गरिमा र मर्यादालाई कायम राख्दै महासंघको बैठकमा सहभागी नहुने औपचारिक घोषणा गर्नु र १ जना निर्वाचित केन्द्रीय सदस्य (दीपेन्द्र कुँवर) ले पनि राजिनामा गर्नु यिनका यथेष्ट प्रमाण हुन् ।’
स्थानीय तहको चुनावको कारण देखाउदै महासंघले महाधिवेशनको निर्धारित मिति पटक–पटक हेरफेर गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप