शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परिचयपत्र वितरण शुरु, परिचयपत्र लिन मतदाता स्वयम् उपस्थित हुन नसके के हुन्छ ?

आइतबार, ११ असार २०७४, १२ : ५४
आइतबार, ११ असार २०७४

काठमाडौ– दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा आज गतेदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । 


मतदाता परिचयपत्र असार ११ ,१२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ जना मतदाताहरुलाई प्रदान गरिने छ । निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिरहेको आयोगले जनाएको छ । 


मतदाता परिचयपत्रसँगै सही तरिकाले मतसङ्केत गर्न सिकाउन हरेक मतदान केन्द्रमा कम्तीमा १ जना मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको समेत आयोगले जनाएको  छ । 
मतदाता परिचयपत्र लिन जाँदा मतदाता आफैं जानुपर्ने छ । मतदाता परिचयपत्र लिन आफैं जान नसकने अवस्थामा एकाघरको परिवारको सदस्य भएको यकिन गरी एकाघरका परिवारका सदस्यलाई परिचयपत्र दिने व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप