शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता: म ननिदाएको रात

शनिबार, २५ कात्तिक २०७४, ०९ : २७
शनिबार, २५ कात्तिक २०७४

-इ. सन्तोष पोखरेल   

तिमी साउती गर्दै थियौ रे
म सुन्दै थिएँ बेपरवाह 
तिम्रा कुरा,
कुनै निकै ठूला
कुनै झीना बुकुरा 
मनमनै गुन्दै 
अन्तरले सुन्दै  
बज्दै थिए तार 
सङ्गीतका सार 
तिम्रा सास र 
तिम्रा चुरा  ।

त्यस बखतको आवेग 
त्यो मनोद्वेग 
तिम्रो भावुकताभित्र लुकेको 
घाँटी झनै सुकेको 
शरीर हल्लिएको बेला 
मेरो भरथेग,
आँखा थिए शूरा 
बोली बेसुरा
हृदय मेरो झंकृत
मन तरंगित 
बजेथे जब तिम्रा चुरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप