ध्रुवसत्यको कथासंग्रह ‘कैरन’ सार्वजनिक
काठमाडौँ –लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ ।
साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा उक्त कथा संग्रह सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा साहित्यकार आहूतिले कथा संग्रहमाथि टिप्पणी गर्दै दन्त्य कथा, र लोककथा भन्ने शैलीमा कथा लेखिनु नेपाली साहित्यको आफ्नै मौलिक परम्परा भएकाले त्यसमा लेखक सफल रहेकोमा जोड दिए ।
उनले भने, “कथाकारले आजको नेपाली समाजको विषयवस्तुलाई प्रस्तुत गर्नु भएको छ । अरु शैलीका लेखनभन्दा फरक शैली अपनाउनु भएको छ, त्यसकारण पनि यो विशिष्ट छ ।”
लेखक आहूतिले दन्त्य कथाको शैलीलाई आधुनिक तरिकाबाट भन्न खोज्दा धेरै खतराबाट गुज्रनुपर्ने बताउँदै उहाँले लेखक ध्रुवसत्यले खतरा मोलेको बताए ।
लेखिका अर्चना थापाले मिथक शैलीमा कथा लेखिएको र आफूलाई पठनीय लागेको बताए । “लेखकले किम्बदन्तीलाई आधार बनाएर मिथक शैलीमा कथालाई ल्याउनु भएको छ”–उहाँले भन्नुभयो, “यस प्रकारको लेखन अरु लेखकको भन्दा फरक शैली हो ।”
नागरिक दैनिकका प्रधानसम्पादक लुईँटेलले कथाकार ध्रुवसत्यमा फरक प्रतिभा रहेको आफूले पाएको बताए । “सँधै एउटै शैलीमा विषयवस्तुलाई प्रस्तुत गरियो भने त्यसले ठूलो अर्थ नराख्न सक्छ । तर त्यसलाई फरक शैली प्रयोग गरियो भने अर्थ रहन्छ”–उनले भने, “साहित्य र पत्रकारिताबीच तादम्यता छ । कथाकारले हाम्रो समाजमा रहेका विभेद तथा समस्याहरू कथामा उल्लेख गरेको मैले पाएँ ।”
सांग्रीला बुक्सले प्रकाशन गरेको ‘कैरन’ कथा संग्रहमा लेखकका १२ कथा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा