शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति ट्रम्प र पुटिनले एकै स्वरमा भने – ‘सिरियामा प्रगति हुदैछ

आइतबार, २६ कात्तिक २०७४, १८ : २१
आइतबार, २६ कात्तिक २०७४

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताए । 

भियतनाममा एपेकको सम्मेलनपछि सोही स्थानमा भएको उनीहरुको छोटो समयको भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको छ । उक्त बक्तव्यमा जनाइए अनुसार यी दुई देशका सेनाले गरेको समन्वयात्मक कारबाहीबाट सिरियामा धेरै आइएसका लडाकु मारिएका छन् । हाल त्यहाँ आइएसका गतिविधिहरु पहिलेको तुलनामा धेरै नै कम भएको विश्लेषण यी दुई देशको छ । 

यी दुई देशको संयुक्त सैन्य काबारही पनि बिगतमा भएको थियो । जसका कारण सिरियामा आइएसका धेरै लडाकू मारिएका छन् र यसबाट दुवै देश सन्तुष्ट छन् । 

उक्त भेटपछि जारी भएको वक्तव्य अमेरिकी विदेशमन्त्रालयको वेबसाइटमा राखिएको थियो । उक्त वेबसाइटमा दिइएअनुसार दुवै देशका सेनाले विभिन्न माध्यमबाट सञ्चार स्थापना गरेका छन् । 

सो विज्ञप्तिमा सिरियामा जारी सैन्य कारबाही मात्र भने त्यहाँको समस्या समाधानको विकल्प नभएको पनि स्पष्ट गरिएको छ । 

दुवै देशका नेताहरुद्वारा जारी गरिएको उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ– सिरियामा जारी सैन्य कारबाही समस्याको समाधान होइन, समाधानका लागि त राजनीतिक निकास नै चाहिन्छ । 

सिरियामा हाल जारी हिंसाको अन्त्यका लागि अरु केही हुन सकेन भनेपनि यसको विकल्प भनेको यसअघि संयुक्त राष्ट्रसंघले अघि सारेको प्रस्ताव नं २२५४ बमोजिमको निकास निकाल्नुपर्दछ । 

उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सिरियामा आम निर्वाचन र त्यसपछिको अवस्थामा संविधानमा संशोधन या सुधार गरी यहाँबाट भागेर शरणार्थीका रुपमा विभिन्न देशमा रहेका सिरियालीलाई सकुशल घर फर्काउनुपर्छ भन्ने व्यवस्था छ । 

सिरियामा गएको पाँचबर्षभन्दा लामो समयदेखि हिंसा जारी छ । सो हिंसाका कारण त्यहाँ साढे दुई लाख भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यहाँको सुरुको राजनीतिक हिंसा हाल आएर गृहयुद्धमा परिणत भएको छ । 

तर त्यहाँ शान्ति स्थापनाको प्रयास भने हुन सकेको छैन । यसअघि भएका कैयौं शान्तिवार्ताहरु तथा पछिल्लो समयमा भएको जेनेभा वार्ता पनि शान्ति स्थापनाको काममा सफल हुन सकिरहेको छैन । 

यसअघि सिरिया समस्याको समाधानका लागि संयुक्त राज्य अमेरिका र रुसको संयोजकत्वमा विभिन्न समिति निर्माण हुनुका साथै सैन्य परिचालन लगायतका प्रयासहरु भएका थिए । 

तर ती प्रयासहरुले आजका मितिसम्म पनि सिरियामा शान्ति स्थापनाको काममा सफलता पाउन सकिरहेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप